Successfully Copied

वास्तु विज्ञानको महत्त्व

–भान्सा कोठा दक्षिण–पूर्वमा बनाउनुपर्छ । –यो कोठा पूजाकोठाभन्दा तल, माथि शौचालयभन्दा माथि, तल र सुत्ने कोठाको माथि र तल दुवै बनाउनु हुँदैन । –ग्यास, स्टोभ, चुल्हो दक्षिण–पूर्व कुनामा बनाउनुपर्छ । –भान्सामा प्रयोग हुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ । –भान्सामा राखिने बट्टा एवं भाँडाकुँडा जसमा गेडागुडी आदि राखिन्छ

भान्सा घर 

–भान्सा कोठा दक्षिण–पूर्वमा बनाउनुपर्छ ।

–यो कोठा पूजाकोठाभन्दा तल, माथि शौचालयभन्दा माथि, तल र सुत्ने कोठाको माथि र तल दुवै बनाउनु हुँदैन ।

–ग्यास, स्टोभ, चुल्हो दक्षिण–पूर्व कुनामा बनाउनुपर्छ ।

–भान्सामा प्रयोग हुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ ।

–भान्सामा राखिने बट्टा एवं भाँडाकुँडा जसमा गेडागुडी आदि राखिन्छ त्यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नुपर्छ ।

–भान्सा कोठाको ढोका कुनामा हुनुहुँदैन । त्यसैले भान्सा कोठाको ढोका पूर्व, पश्चिम र उत्तर शुभ रहन्छ ।

–ग्यास, चुल्हो, आगो बाल्ने ठाउँ भान्सा कोठाको ढोकाको ठीकअगाडि भने राख्नु हुँदैन ।

–भान्सा कोठाको पूर्व दिशामा झ्याल राख्नु अत्यन्त लाभप्रद रहन्छ ।

–भान्सा कोठाको डाइनिङ टेबल उत्तर–पश्चिममा वा पश्चिम दिशामा राख्नुपर्छ ।

–भान्सामा प्रयोग गरिने हलुका खालका सामग्रीहरू पूर्व–उत्तर दिशामा राख्नुपर्छ ।

–खाना पूर्व फर्केर पकाउँदा राम्रो हुन्छ ।

भान्सा कोठाको रंग पहेंलो, सुन्तला, रातो, चकलेटी वा रातो हुनुपर्छ । त्यसका साथै भान्सा कोठाको भुइँ एवं सिलिङको रंग कालो हुनुहुँदैन ।

–यदि फ्रिज राख्ने हो भने दक्षिण पूर्व, दक्षिण, पश्चिम वा उत्तरमा राख्न सकिन्छ तर उत्तर पूर्व र दक्षिण–पश्चिममा सकेसम्म राख्नु हुँदैन ।

–यदि भान्सा कोठा उत्तर–पूर्वमा भए मानसिक तनाव, विभिन्न आर्थिक क्षति, रोग वृद्धि, शत्रु भय हुन्छ ।

–भान्सा कोठा दक्षिण–पश्चिम दिशामा भए घरमा आन्तरिक कलह हुन्छ ।

 

 Image