Successfully Copied

जाडोमा मुहारको चमक

जाडो मौसम सुरु भए पनि अब छालासम्बन्धी रोगको कुनै चिन्ता गर्नु पर्दैैन । जाडो मौसमको सुख्खा हावाले छालालाई पनि रुखो बनाउँछ । त्यसैले आफ्नो छालालाई रुखो हुनबाट जोगाउन कोल्ड क्रिम प्रयोग गर्नुपर्छ ।

जाडो मौसम सुरु भए पनि अब छालासम्बन्धी रोगको कुनै चिन्ता गर्नु पर्दैैन । जाडो मौसमको सुख्खा हावाले छालालाई पनि रुखो बनाउँछ । त्यसैले आफ्नो छालालाई रुखो हुनबाट जोगाउन कोल्ड क्रिम प्रयोग गर्नुपर्छ । जाडोमा राति नाइटक्रिम र दिउँसो मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । त्यसबाहेक सातामा एकपटक नरिसिङको प्रयोगले छालालाई लाभ पुर्‍याउँछ । 

जाडो मौसममा प्राय: मानिस घाममा बस्न वा सनवाथ लिन रुचाउँछन् तर सनस्क्रिन प्रयोग नगरी घामको सम्पर्कमा आउँदा छालाको रंग कालो वा डार्क हुने डर हुन्छ । नर्मल स्किन भएकाहरूले २० एसपीएफको क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव दुई घन्टासम्म रहन्छ । त्यसपछि फेरि सनस्क्रिन क्रिम लगाउनुपर्छ । ड्राइ स्किन भएकाहरूले ३०–४० एसपीएफ सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव ४ घन्टासम्म रहन्छ । ४ घन्टापछि पुन: त्यसलाई मुहारमा लगाउनुपर्छ । जाडोमा एरोमेटिक तथा भिटामिन पनि प्रयोग गर्न सकिन्छ । 

सावधानी 

कोल्ड क्रिम लगाएर कहिल्यै घाममा बस्नु हुँदैन । कारण यसबाट धूलो मुहारमा जम्छ र सनवर्न  हुन सक्छ । जसका कारण छाला कालो देखिन्छ । केही घरेलु उपायद्वारा पनि आफ्नो छालालाई सुरक्षित राख्न सकिन्छ । 

–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । 

–बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । 

–केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।

–जाडोमा छालाको सफाइमा त्यति ध्यान जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सकेसम्म हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन इ ओओयल तथा अरोमेटिक ओओयल लाभदायक हुन्छन् । यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन सकिन्छ । 

–ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका रूपमा प्रयोग गर्नुपर्छ । 

–महमा पर्याप्त मोइस्चराइजर हुन्छ । मह रुखो छालाका लागि वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालामा चमक आउँछ । 

–एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ । 

–एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर  प्रयोग गर्दा छाला कोमल एवं नरम रहन्छ ।

 Image