Successfully Copied

व्यायाम स्वास्थ्यका लागि लाभदायक

दिनहुँ व्यायाम गर्दा स्वासप्रश्वासको गति बढ्छ जसले गर्दा इनर्जेटिक महसुस गर्न सकिन्छ । व्यायामले हृदयको मांसपेशीलाई स्वस्थ राख्छ । नियमित व्यायामले काम गर्ने क्षमता वृद्धि हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरबाट एडोर्फिन्स नाम हर्मोन बहन्छ जसले तनाव कम गर्छ ।

व्यायाम किन जरुरी छ ? 

दिनहुँ व्यायाम गर्दा स्वासप्रश्वासको गति बढ्छ जसले गर्दा इनर्जेटिक महसुस गर्न सकिन्छ । व्यायामले हृदयको मांसपेशीलाई स्वस्थ राख्छ । नियमित व्यायामले काम गर्ने क्षमता वृद्धि हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरबाट एडोर्फिन्स नाम हर्मोन बहन्छ जसले तनाव कम गर्छ । शरीरका हरेक अङ्गमा समान रक्तसंचार हुन्छ । व्यायामले शरीर पनि कसिलो बनाउँछ । 

व्यायामका क्रममा कस्तो भोजन गर्नुपर्छ ? 

बढी प्रोटिनयुक्त भोजन गर्नुपर्छ । फलफूल, उम्रिएका गेडागुडी, अण्डा, सलाद, दूध आदि पौष्टिक तत्व खानुपर्छ । 

व्यायामबिना शरीरको वजन घटाउन कस्तो भोजन उपयुक्त हुन्छ ? 

स्वस्थ तथा फिट शरीरको चाहना सबैलाई हुन्छ । यद्यपि सन्तुलित भोजन तथा घन्टौं जिममा पसिना बहाउने धैर्य कमैलाई हुन्छ तैपनि व्यायाम नगरी वजन घटाउन निम्न कुराबाट टाढा रहनुपर्छ । 

सेतोको साटो खैरो खाद्यपदार्थ सेवन गर्नुपर्छ ।

नास्ता गर्नुभन्दा पहिले ब्रस गर्नुपर्छ । 

दिनहुँ ६० सेकेन्ड दौडनुपर्छ । 

सुन्तलाको रस पिउनुपर्छ । 

दिनमा एक कचौरा फल खानुपर्छ । 

नुनको प्रयोग कम गर्नुपर्छ । महिनामा एकपटक व्रत बस्नुपर्छ । 

सकभर रातो मासु खानु हुँदैन ।  

कुन समयमा व्यायाम गर्नु प्रभावकारी हुन्छ ? 

यसका लागि बिहान–बेलुकीको समय उत्तम मानिन्छ । व्यस्त जीवन शैली भएकाले समय निकालेर जिम जान सकिन्छ तर टन्न खाएर व्यायाम गर्न हुँदैन । व्यायाम गरेपछि तुरुन्तै पानी पिउनु हुँदैन । 

व्यायामका लागि क्लब नै जानुपर्छ ? 

हिजोआज होम जिम पनि खरिद गर्न सकिन्छ । क्लबमा ट्रेनरहरूको सुपरिवेक्षणमा तालिम दिइन्छ । 

घरमा तालिम दिने कोही हुँदैनन् तर घरमै व्यायाम गर्ने हो भने साइकिलिङ तथा ट्रेडमिल व्यायामका लागि उपयुक्त हुन्छन् ।

व्यायामको कुनै खास विधि ? 

यसको खास विधिभन्दा पनि शरीरको आकारअनुसार व्यायाम फरक–फरक हुन्छ । महिलाहरूको बडी सेप एप्पल, आवर ग्लास, पियर, बनाना आदि हुन्छ । जसअनुसार व्यायाम पनि फरक–फरक हुन्छ । शरीरको बनावटअनुसार शरीरका विभिन्न भाग टोन गर्नुपर्छ । 

 Image