Successfully Copied

हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम

‘ग्लोबल विङ्स’ नामक संस्थाले विगत केही समयदेखि विभिन्न क्षेत्रका महिलाहरुलाई आत्मरक्षाको तालिम दिइरहेको छ । विज्ञ र विशेषज्ञहरुलाई समेत उपस्थित गराएर महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइने गरिएको हो ।

‘ग्लोबल विङ्स’ नामक संस्थाले विगत केही समयदेखि विभिन्न क्षेत्रका महिलाहरुलाई आत्मरक्षाको तालिम दिइरहेको छ । विज्ञ र विशेषज्ञहरुलाई समेत उपस्थित गराएर महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइने गरिएको हो । यस्संस्थाले केही समयअघि काठमाण्डौका पत्रकार महिलाहरुलाई धूलिखेलमा सैद्धान्तिक कक्षा दिएको थियो । त्यहाँ सैद्धान्तिक ज्ञान हासिल गरेकाहरुलाई शनिवार काठमाण्डौमा एकदिने प्रयोगात्मक तालिम दिइएको छ । नेपाली सेनाको विशेषज्ञ प्रशिक्षक धिरेन बहादुर बिष्टले पत्रकार महिला तथा अन्य क्षेत्रका महिलाहरुलाई संभावित दुव्र्यवहारबाट आफूलाई कसरी बचाउने भन्ने बिषयमा तालिम दिए । ग्लोबल विङ्ग्सले आयोजना गर्ने आत्मरक्षा सम्बन्धी तालिममा उनलाई प्रमुख प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने गरिएको छ ।

उनले समेत प्रयोगात्मक रुपमै कसरी प्रतिकार गर्ने, आफूलाई कसरी जोगाउने लगायतका बिषयमा उपयोगी टिप्स सिकाउने एक सहभागीले बताइन । शनिवार आयोजित प्रयोगात्मक तालिममा पत्रकार महिला मात्र नभई विभिन्न क्षेत्रका १ सय ५० महिला लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । शनिवारको कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री डा। मिनेन्द्र रिजाल थिए । ग्लोबल विङ््ग्सका निर्देशक मोहित बडूले संस्थाले यसअघि एयर होस्टेजका ४५ विद्यार्थीहरुलाई आत्मरक्षाको पूर्ण प्रयोगात्मक तालिम दिएको जानकारी दिए । उनका अनुसार धुलिखेल र काठमाण्डौबाट अब तालिम विस्तार गरी चाँडै पोखरा लगिनेछ । यो तालिमलाई भविष्यमा देशव्यापी बनाइने आयोजक संस्थाले जनाएको छ । ग्लोबल विङ्ग्सको यो अभियानमा पुनम इन्टरटेनमेन्ट, एनबी बैंक, हाइड एण्ड सिक स्कूल, फेमिलियर फाउण्डेसन, सुफर लेस, जिवा स्लिमिङ सेन्टर रश्मिलाज फेशियल हाउस , अर्किड केयर होम लगायतका संघसंस्थाहरुको सहकार्य छ ।   

 Image