Successfully Copied

पुस्तक आत्महत्याको जंगल

दुई दशकअघि साहित्य क्षेत्रमा देखा परेकी प्रभा बरालको चौथो कृतिका रूपमा आत्महत्याको जंगल शीर्षकको यात्रा निबन्ध बजारमा आएको छ ।

दुई दशकअघि साहित्य क्षेत्रमा देखा परेकी प्रभा बरालको चौथो कृतिका रूपमा आत्महत्याको जंगल शीर्षकको यात्रा निबन्ध बजारमा आएको छ । यो कृति बरालको दुई पटकको जापान बसाइको महत्वपूर्ण दस्ताबेज हो । पुस्तकमा बरालले २१ वटा शीर्षकमा जापानको मानव निर्मित विकास, कमिलाझैं मेहनती जापानीहरूको दैनिकी, भूबनोट र सुन्दर प्रकृतिदेखि लिएर साकुरा, समुद्र र निप्पोनको सौन्दर्यका साथमा हिरोसिमा टेक्दा गरेको युद्ध इतिहासको गहिरो पीडा व्यक्त गरेकी छिन् । यो पुस्तकमा नेपालीहरूले जापान बसोबासका क्रममा सामना गर्नुपर्ने मनोवैज्ञानिक उथलपुथल पनि सशक्त रूपले समेटिएको छ । कृतिमा कलात्मक प्रस्तुति एवं सुन्दर भाषाको प्रयोग तथा निबन्धकारको मौलिक स्वादसमेत पाइन्छ । शब्दहार क्रियसन्सको यो पुस्तकको मूल्य २ सय ७५ रुपंैयाँ छ । 

 Image