Successfully Copied

समानता र सशक्तीकरणको अर्थ

समानता र सशक्तीकरण पर्यायवाची शब्द हुन् तर हाम्रो समाजमा यसको महत्व र अर्थमा विरोधाभास छ । सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने होइन ।

समानता र सशक्तीकरण पर्यायवाची शब्द हुन् तर हाम्रो समाजमा यसको महत्व र अर्थमा विरोधाभास छ । सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने होइन । वास्तवमा सशक्तीकरण र समानता के हुन् त भन्ने विषयमा यसपटकको नारी बहस :

स्थान : विमिन एक्ट, रूपान्तरणका लागि महिला ऐक्यबद्धता, टंगाल, भाटभटेनी  

प्रस्तुति : लक्ष्मी भण्डारी थापा 

सिर्जना अधिकारी, अधिकारकर्मी, युवा नेतृ  

यी शब्दले आफैंमा महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना गराउने खालका छन् वास्तवमा त्यही नै सशक्तीकरण हो । आफूलाई हरेक कोणबाट योग्य बनाउनु नै सशक्तीकरणको अर्को परिभाषा हो । व्यक्ति, स्थान, संस्कृति र अवस्थाले पनि यसको परिभाषा फरक हुन सक्छ । अहिलेको समयमा समानता भन्ने मुद्दा शब्दको खेल भैरहेको छ । पुरुषले जे गर्छन् त्यही गरेमात्र समानता हुन्छ भन्ने सोच र परिभाषा पनि पाइन्छ समाजमा, तर एउटी महिलाले बच्चा जन्माउँछिन् तर पुरुषले जन्माउँछन् त ? परिवार र राज्यले दिने सेवा, अवसर तथा जिम्मेवारी बराबर रूपमा बाँडफाँड हुनु नै समानता हो । आर्थिक, शैक्षिक एवं सामाजिक रूपमा समान हुनुपर्‍यो । राज्यले गर्ने व्यवहारमा समानता कायम गर्ने कुरामा केन्द्रित हुनुपर्छ । अंश–वंशको अधिकार समानताको अधिकारको मेरुदण्ड हो । अब घरका स–साना काममा समानता भएन भनेर अड्किएर बस्नु हँुदैन । 

 Image