Successfully Copied

रोयल ब्राइडल लुक्स

हरेक दुलही आफ्नो विवाहमा विशेष देखिन चाहन्छन् । पहिरन होस् वा मेकअप सयौं मानिसको भीडमा सबैभन्दा आकर्षक र सुन्दर लाग्छिन्–दुलही । हरेक वर्षको विवाहको सिजनमा विवाहको फेसनमा निकै परिवर्तन आएको हुन्छ ।

हरेक दुलही आफ्नो विवाहमा विशेष देखिन चाहन्छन् । पहिरन होस् वा मेकअप सयौं मानिसको भीडमा सबैभन्दा आकर्षक र सुन्दर लाग्छिन्–दुलही । हरेक वर्षको विवाहको सिजनमा विवाहको फेसनमा निकै परिवर्तन आएको हुन्छ । दुलहीले प्रयोग गर्ने सौन्दर्य प्रसाधन, ज्वेलरी 

(गहना), पहिरन आदिले पनि दुलहीलाई अरूभन्दा विशेष देखाउँछ । 

पछिल्लो समय दुलहीले प्रयोग गर्ने हरेक शैली पनि फरक हुादै गएको छ । जस्तो ब्राइडल मेकअपमा नै नयाा ट्ेरेन्ड वा थिम बेस वेडिङको फरक शैली देख्न सकिन्छ । जसमा अरेबियन स्टाइलको मेकअप अहिलेको ट्ेरेन्डमा छ । यही ट्ेरन्डलाई ध्यान दिएर अर्थात् अध्ययन गरेर अहिले ब्युटिसियन, मेकअप आर्टिस्ट वा हेयर डिजाइनरहरू फरक शैलीमा दुलही सिंगार्न व्यस्त छन् ।

यो मेकअपले दुलहीलाई रोयल लुक्स दिन्छ । आँखामा गरिने मेकअप बढी हाइलाइट गरिने हुँदा यसले कुल लुक्स दिन्छ । अरेबियन आइ मेकअपमा गोल्डेन आइस्याडो प्रयोग गरिन्छ । ब्लु, ग्रिन, पर्पल, पहेंलो, कालो, डार्क, ग्रे आदि आइस्याडो पनि दुलहीको पहिरनमा मिल्दाजुल्दा हुन्छन् । 

फेस मेकअप

सबैभन्दा पहिले अनुहारलाई क्लिन्जिङले राम्रोसँग सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र अनुहारमा प्राइमर लगाएपछि पातलो लेयरको छालालाई पूर्णरूपले ब्लेड गर्ने । त्यसपछि फिचर्स सार्प देखाउन अनुहार करेक्सन गर्ने । यसमा डर्मा कलरको डिजे सिरिज प्रयोग गर्ने । यसले अनुहारमा भएका दाग–धब्बा छोप्छ । 

आइ मेकअप

अरेबियन स्टाइलको दुलही मेकअपमा आइलाइनर आाखाको कुनादेखि बाहिरसम्म देखिने गरी कोर्ने । जसले दुलहीको पहिरनलाई पनि खोल्छ । त्यसपछि गोल्डेन आइस्याडो लगाउने । आइ मेकअपमा आँखाको किनारसम्म थोरै डार्क सेड बनाउने । 

त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने, फेरि ब्रोज ब्रस गर्ने । आाखामा गोल्डेन कलरको हाइलाइट लगाउने । आइबलमा  स्पार्कल्स पनि लगाउने । त्यसपछि आइलेसमा मस्कारा लगाउने, मस्कारा जति बाक्लो लगाइन्छ, आँखा उति नै सुन्दर देखिन्छ । 

लिप मेकअप

सबैभन्दा पहिले ओठलाई मुलायम बनाउन मोइस्चराइजर लगाउने । त्यसपछि लिप पोलिसले ओठको आउटलाइन बनाएर लिपिस्टिकले ओठलाई भर्ने । फेरि ओठमाथि सुहाउादो ग्लस लगाउने । 

ब्लसर

गालामा पिच वा पिंक ब्लसर लगाउने । त्यही ब्रसले राम्रोसाग मिल्ने गरी ब्लसर गर्ने कुरामा ध्यान दिने । 

हेयर स्टाइल, अरेबिक स्टाइलको जुरो

क्राउन एरियामा स्टफिङ लगाउने । यसलाई पिनले सेट गरेर जुडोको आकार दिने । त्यसपछि अगाडिको केशलाई बेककोबिङ गरेर फेरि त्यसलाई ट्वीस्ट गरी गोलो आकारमा रोल गर्ने । यो रोललाई पछाडिको जुरोमाथि सेट गर्ने । हेयर स्टाइल सेट गर्न बीच–बीचमा जेल स्प्रे प्रयोग गर्ने, जसले बााकी रहेको केशलाई आर्टिफिसियल कर्ली गर्न मिल्छ । विभिन्न भागमा बााडेर रोल गरेको हो भने साइडमा गोलो घुमाएर जुरोको आकार दिने र केशमा हेयर एसेसरिजहरू लगाउने । 

लामो केशका लागि अरेबियन स्टाइल

मध्यम साइजको बम्पेट्सलाई क्राउन एरियामा मिसाएर अगाडिको केशलाई पनि समेट्ने । फेरि सबै केशलाई मिलाएर पछाडि एउटै ठाउँमा लाने र रबर बेन्डले बााध्ने । छोटो अर्थात् झरेको केश भए एकैठाउामा समेट्न स्प्रे अथवा पिन लगाएर सेट गर्ने । त्यसपछि स्टफिङ लगाएर छोटो जुरो बनाउने । पछाडि राखेको केशलाई बेबी पिनद्वारा कभर पनि गर्न सकिन्छ । अगाडि छाडेको केशलाई र्‍यापिङ गर्न वा जुरोसाग समेट्न सकिन्छ । अगाडि बााधेको केशलाई थोरै–थोरै अंशमा बााड्दै सर्कल बनाएर उठाउने र जुरोमा समेट्ने । पछाडि बचेको केशलाई दुई हिस्सामा बााध्ने, जसलाई आकार दिँदै जुरो बनाएर पिनले कस्ने । 

प्रस्तुति : सरस्वती कटुवाल

 Image