Successfully Copied

कतै तपाईंका बालबालिका पियर प्रेसरको सिकार त छैनन्

बालबालिकाले जिद्दी गर्नु स्वभाविक हो तर तिनका मित्रजनको कुनै सामानमा हठ गर्नु वा त्यस्तै सर–सामानका लागि डिमाण्ड गर्नु पीयर प्रेसर भन्ने गरिन्छ ।

बालबालिकाले जिद्दी गर्नु स्वभाविक हो तर तिनका मित्रजनको कुनै सामानमा हठ गर्नु वा त्यस्तै सर–सामानका लागि डिमाण्ड गर्नु पीयर प्रेसर भन्ने गरिन्छ । मनोवैज्ञानिकहरूका अनुसार पीयर प्रेसर एउटा यस्तो दबाव हो, जुन कुनै पनि उमेका बालबालिकामा देख्न, अनुभव गर्न सकिन्छ, तर कम उमेरका बालबालिकाका यसको धेरै चााडो शिकार हुने गर्दछ । पहिलो पटक स्कुल जाने बालबालिका चााडै नै आफ्नो साथीहरूको कुरामा फस्ने गर्दछन् । यही उमेरमा उनीहरू पूर्णरूपले आफ्ना साथी देखिन र बन्ने चाहना राख्छन् । जस्तै रिंकीसिन कार्टुन भएको भएको ब्याग छ भने मानसी पनि अर्को पटक ठीक त्यस्तै ब्याग पाउने चाहना राख्दछ । अभिभावकका लागि यो प्रेसर कुनै चुनौति भन्दा कम छैन् । 

के पीयर प्रेसर सही हो 

मनोवैज्ञानिकहरूका अनुसार पीयर प्रेसरको बोझ मुनि दबिनु कुनै पनि प्रकारले राम्ररी कुरा होइन । यसबाट बालबालिकाको प्रदर्शन नकारात्मक प्रभाव पर्ने गर्दछ । कारण यो उमेरमा तिनलाई आफ्ना लागि के राम्रो नराम्रो भन्नेबारे ज्ञान समझदारी हुने गर्दैन । 

कसरी पीयर प्रेसरबाट राख्ने टाढा 

साना बालबालिकालाई पीयर प्रेसरबाट टाढा राख्नु ठिक कार्य होइन तर केही कुरामा भने विचार पुर्‍याउनु जरुरी छ । 

रिसाएर भन्दा स्नेहले सम्झाउनु पर्छ 

प्राइमरी स्कुलसमम बालबालिका क्षणमा रिसाउने, अर्को क्षणमा खुसी हुने गर्दछ । तिनलाई समझाउन बुझाउनका लागि सबैभन्दा राम्रो तरिका हो प्रेम । जस्तै यदि बच्चाले आफ्नो साथीको ठूलो कार देखेर ठिक त्यही प्रकारको मात्र गर्छ भने उसको मागलाई कुनै बहाना बनाएर जस्तै उसको परिवार ठूलो छ र हाम्रो सानो छ, त्यसैले आफूसाग सानो कार छ भने बुझाउनु राम्रो हुन्छ । 

आफ्नो सरसम्मानको सम्मान गर्ने 

बालबालिका जुन माहौल रहने गर्छ, उनीहरू त्यस्तै अनुकरण गर्ने गर्छन् । अत: अनजानमै पनि आफ्नो कोही आफन्त वा साथीको सामू आफ्नो घर कार वा अन्य कुराका बारेमा नकारात्मक टिप्पणी गर्नु हुादैन । यसबाट बच्चामा नराम्रो प्रभाव पर्ने गर्दछ । तपाई व्यवहार देखेर बच्चा पनि आफ्नो सरसमानलाई नराम्रो ठान्न थाल्दछ । 

असुरक्षाको भावनालाई अन्त गर्नुपर्छ 

कयन बालबालिका आफ्नो शान् स्वभावका कारण आफूलाई अन्य भन्दा कमजोर महसुष गर्ने गर्छन् । यसका कारण स्कुल जान मन नपराउने, साथीहरूसित खेल्न नरुचाउने हुन्छन् । यसस्थितिमा तिनलाई गाली गर्नुको साटो तिनको मनोबल बढाउनुपर्छ । उसलाई साहस र बहादुरी कथा सुनाउनुपर्छ र कथाको हिरोसित उसको तुलना गर्नुपर्छ । यसले उसको मनोबल बढ्छ । पढाइमा उसको प्रशंसा गर्नुपर्छ । यसबाट बच्चा मात्र घरमा नभै घर बाहिर पनि आत्मविश्वासी रहन्छ । 

खतरनाक हुन सक्छ पीयर प्रेसर 

स–साना हठसम्म त ठिकै हुन्छ, तर विस्तारै पीयर प्रेसरले बालबालिकाको जीवन खराब गर्न सक्छ । जब तपाई उसको जिद्दीपनलाई वास्ता गर्न छोडनुहुन्छ वा हरेक जिद्दीलाई पूरा गर्नुहुन्छ । तब बालबालिका त्यसको फाइदा उठाएर नराम्रो वानी–व्यवहारको शिकार हुन थाल्दछ । प्रारम्भमा स्कुल बंक गर्ने जस्तो कुरा अगाडि आउने गर्छ । त्यसपछि विस्तारै झुठो बोल्नु तपाईका कुरालाई नसुनेझौ गर्नु , वास्ता नगर्नु । यहाासम्मकी ऊ धुम्रपान–मद्यपान जस्तो नराम्रो लतको शिकार समेत हुन सक्छ । अत: समय छदै बालबालिका प्रति विचार पुर्‍याउनुपर्छ र तिनलाई कुनै पनि दवावमा आउन नदिने प्रयास गर्नुपर्छ । 

के भन्छन् एक्सपर्ट 

–आफ्ना बालबालिकाको साथीहरूबारे जान्नुपर्छ । 

–बालबालिकालाई राम्रो–नराम्रो बारे फरक बुझाउनुपर्छ । 

–आफ्ना सरसामानको सम्मान गर्न सिकाउनुपर्छ । 

–प्राइमरी स्कुलसम्म उसलाई बढी समय दिनुपर्छ । 

–बच्चालाई उसको हरेक दिनको दिनचर्याका बारेमा सोध्नुपर्छ । साथै उसलाई आफूले नसोधिन नै तपाईसित सबै शेयर गर्न बताउनुपर्छ । 

–भुलेर पनि उसको तुलना अरुसित गर्नु हुादैन । 

 Image