Successfully Copied

विन्टर लुक कम्बिनेसन

रेड, ब्ल्याक र ह्वाइट, कर्लसको स्ट्रोक्स भएको फरकोट यो सिजनको जाडो मौसममा चलन बन्ने देखिन्छ ।

ट्रेन्डी कोट : यो वर्ष विभिन्न अन्तर्राष्ट्रिय फेसन सप्ताहमा यस प्रकारको कोट्सको जादु देख्न पाइएको थियो । रेड, ब्ल्याक र ह्वाइट, कर्लसको स्ट्रोक्स भएको फरकोट यो सिजनको जाडो मौसममा चलन बन्ने देखिन्छ । 

एक्ट्रा लङ ओभरकोट : पुरुषको ज्याकेटबाट प्रेरित यी कोट मिड काफ लेवेलको हुने गर्दछ । यीनलाई फेमिनेन रूप प्राप्त गर्नका लागि सदा रंगको पम्पस जुत्ताका साथमा र मास्कुलिन लुक पाउनका लागि ब्रोग्सका साथमा जोडा मिलाउनुपर्छ । 

स्लकी कोट : यो शैलीको ओभरसाइज कोट लग्जरी तथा एलिगेन्सको प्रतिक हो । यस प्रकारको लुकका साथमा सकेसम्म कम एक्सेसरिज पहिरिनुपर्छ । 

पारका कोट : साटन, केशमियर जस्ता मटेरियल्सबाट बनेका यी कोटहरूको निर्माणमा सफ्ट, क्विल्टिङ प्रविधिको प्रयोग रिने गर्दछ । यसले जाडो मौसममा चिसो हावाबाट जोगाउने गर्दछ । साथै स्टाइलिस लुक पनि प्रदान गर्दछ । 

ट्रेन्च कोट : रोमान्टिक डे लुक सिर्जना गर्नका लागि यी कोटको चयन गर्नुपर्छ । यीनलाई शर्ट ड्रेसेजका साथमा एङ्कल लेन्थ बुट्ससित जोडा मिलाई पहिरिनुपर्छ । साथै ट्रेन्च कोटलाई ब्ल्याक लेदर पाइन्ट र हवाइट शर्टका साथमा पनि कम्बाइन गर्न सकिन्छ । यो सिजनमा पेस्टल रंगका ट्रेन्च कोट चलनमा रहेको पाइन्छ । 

एनोरक कोट्स : यो ट्रान्स सिजनल कोट हो । हल्का र श्वास प्रश्वासको सहजता सहितको फयाब्रिकबाट बनेको हुन्छ । यसलाई हल्का जाडोको बेला पहिरिने गरिन्छ । 

कलर्स 

यो सिजनमा खाकी, रातो, नीलो, ब्ल्याक, ग्रे, बेज जस्ता रंगका कोट्स चलनमा रहेको छ । 

बडी टाइप अनुसारको कोट 

–कम तौल, कम उचाई भएका : यिनका लागि नि–लेन्थ भन्दा केही इन्छ तलसम्मको लम्बाई भएको कोट फिटेड बेल्टका साथमा उपयुक्त हुन्छ । यसले बढीको कत्र्सलाई उभार्ने र भोल्युम एड गर्ने गर्दछ । 

–अग्लो शरीर भएका– यीनलाई कलर ब्लकिङ वा दुई रंगको मिड लेनथ कोट पहिरिनुपर्छ । 

–एजल शेप्ड फिजिक भएका : यीनले असिमिट्रीकल डिटेलिङ भएको कोट चयन गर्नुपर्छ । 

–प्लस साइज भएका : ट्रेन्डी भर्टिकल डिटेलिङ भएका फिटेड कोट ठीक रहन्छ । 

आर ग्लास फिजिक भएका : यीनका लागि क्लासी स्टाइलका कोट सुहाउादो हुन्छ । 

–पीयर शेप्ड फिजिक भएका : यीनले कलर टिटेलिङ भएका सफट मेटेरियलबाट बनेका निलेन्थ कोट चयन गर्नुपर्छ । 

कर्वी बडी भएका– र्‍याप कोट यीनका लागि उपयुक्त हुन्छ । 

स्टाइलिस बु्ट्स 

काल्फ लेन्थ बुट्स : कम उचाइ र कम तौल भएका स्त्रीमा यस प्रकारको बुट खुबै सुहाउादो हुन्छ । बक्स वा प्लेटफर्म हिल भएका काल्फ लेन्थ बुट्स चयन गर्नुपर्छ । 

–एङकल लेन्थ बुट्स : यी बुटलाई सबै प्रकारका शरीर भएका स्त्रीले पहिरिन सक्छन् । यो स्टाइलिस हुनुका साथै प्राइटिकल पनि हुन्छ । चेन वा अन्य फेन्सी अटेचमेन्ट्स भएका एङकल लेन्थ बुट्स खुबै प्रचलनमा रहेको पाइन्छ । 

–निलेन्थ बुट्स : यदि शरीर पीयर शेपको छ भने नि–लेन्थ बुट सुहाउादो हुन्छ । यीनलाई प्रयोग शरीर स्लीभ नजर आउने गर्छ । यीनलाई नि–लेन्थ स्कर्ट वा ड्रेसका साथ कम्बाइन गर्नुपर्छ । 

ओभर दि नि बुट्स : अग्लो र स्लीम शरीर भएका स्त्रीलाई यी बुट्स सुहाउादो हुन्छ । यसले सेन्सुयल लुक प्रदान गर्छ । अन्य कुनै पनि शारीरिक बनावट भएका स्त्रीका लागि भने यो स्टाइल सुहाउादो हुादैन ।

 

 Image