Successfully Copied

शोर्ट टेम्पर्ड हुादै महिलाहरू

त्यसो त आजको स्थितिमा लगभग सबैसित धैर्य अथवा पेसेन्सको भावना कम हुादै गएको पाइन्छ ।

त्यसो त आजको स्थितिमा लगभग सबैसित धैर्य अथवा पेसेन्सको भावना कम हुादै गएको पाइन्छ । सहनशिलताको प्रतिक मानिने महिलाहरूमा पनि धैर्ययताको भावना विस्तारै घट्दै गएको अनुभव हुन्छ । केही वर्ष पहिलेसम्म पनि महिलाहरू परम्परा, मान्यता र संस्कारमा बााधिएर निर्धारित परिधिभित्र रहि धेरै कुरा सहेर बस्ने गरेको पाइन्थ्यो तर आज महिलाहरू यि मान्यताबाट टाढिदै गएको देखिन्छ । परिवार आमाबुवाको कुरा नमान्नु, सासु–ससुरालाई फोर ग्रान्टेडका रूपमा लिनु, पति र आफ्नो सन्तानसित कयन कुरामा धैर्यता गुमाउनु तिनको स्वभाव र आचरणमा देखिदै गएको पाइन्छ । घरमा नोकर, ड्राइभर आदिबाट भएका सानो गलतीलाई पनि क्षमा नगरि दोस्रो मौका नदिइ तिनलाई निकालेर अरुलाई राख्ने गर्दछन । कार्य क्षेत्रमा पनि बोसको बोसिज्म सहन गर्न नसेकर नोकरी छोड्न र अर्को नोकरी खोज्ने, आफ्ना जुनियर कर्मचारीमा समय समयमा आफ्नो प्रभाव देखाउने यही व्यवहार मित्रजन र आफन्तजनमा पनि देखिने गर्दछ । तिमी नभए अरु कोही, यो नभए अरु कोही, भन्ने फर्मूलामा विश्वास राख्दै कयन स्त्री हिजोआज एउटै सम्बन्धमा बााधिन वा रोकिन नचाहेको स्थिति पनि सिर्जना हुादै गएको देखिन्छ । बढदो सम्बन्ध विच्छेदनको कारणमा पनि महिलाहरू शोर्ट टेम्पर्ड हुनु प्रमुख तत्व मध्येको एकका रूपमा देखा पर्दछ । 

बदलावको कारण 

आज शिक्षा र ग्लोबलाइजेशनका धेरैजसो कुरामा परिवर्तन आएको देखिन्छ । महिलाहरूको कार्यक्षेत्र पनि विस्तृत भएको छ, यस कारणले तिको मानसिकतामा पनि परिर्वतन आएको पाइन्छ । उनीहरू आफ्नो कर्तव्यका साथै आफ्ना अधिकारका लागि पनि जागरुक हुन थालेका छन् । बाल्यवस्थादेखि नै सम्पन्न र सुविधाजनक जीवन जिउदै अगाडि बढेको आजको युवापिढीालई कुनै पनि फाल्तु कुराका लागि टाइम वेस्ट गर्नु वेइमानी लाग्ने गर्दछ । वैज्ञानिक गतिले तिनलाई सहज र चुनौति विनाको जीवन जिउने वानी बसालेको पाइन्छ । आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनाले महिलाहरूमा स्वयं निर्णय लिनने क्षमता बढ्दै गएको पाइन्छ । उनीहरू पुरुष वर्चश्व रहेको समाजमा आपनो पहिचान बनाउन अग्रसर एवं सफलता हुादै गएको पाइन्छ । आफ्नो महत्वाकांक्षासागै अघि बढने क्रममा विकल्पका साथ जिउनमा विशवास राख्ने सवभाव र विचारधारको विकास भएको पाइन्छ । आजका महिलामा शर्ट टेम्पर्ड हुनुको आरोप लागेको कुरालाई नकार्न सकिन्न । तर तिनका पछाडि कयन कारण पनि छन् । केही समय पहिले घरको चारभिक्ताभित्र चुनौति रहित जीवन बिताइरहेका तिनलाई अहिले बाहिरी समाजमा तिस्पधात्मक र चुनौतिपूर्ण जीवन व्यतित गर्नु पहिरहेको छ । यसका साथै अनुसशासनहीन हुादै गएका बालबालिका, घर र कार्यक्षेत्रको जिम्मेवारी, बालबालिकाको लालपालनको दायित्व, पढाइ र क्यारियरको भागदौड, घर र कार्यक्षेत्रबीच सन्तुलन कायम राख्नुपर्ने दवाव, बढदो महंगी, उपभोक्ता ठगने व्यापारी, फाइदा उठाउने आफन्तजन, मित्रजन, चोरी एवं धोका दिने नोकर, मतलवी छिमेकी, बढी काममा जोताउने हाकिम, चाकडी–चाप्लुसी गर्ने सहकर्मी जस्ता अनेकन कठिन परिस्थितिसित लड्नुपर्ने भएकाले महिलाले आफ्नो संवेदनशिलतालाई कहाासम्म संयम बनाएर राख्न सक्न् त । 

दिनप्रतिदिन प्रतिकुल बन्दै गएको परिस्थिति र समस्याले भरिपूर्ण जटिल जीवनले उसको धैर्यको बााध टुट्नु अस्वभाविक होइनन । मनोचिकित्सकहरूका अनुसार आजको संघर्षपूर्ण जीवमा मिहलाहरूले अत्याधिक मानसिक दवावबाट गुज्रनु नपरेको पाइन्छ । जसका कारण तिमा चिडचिडापन, इम्पेशन्स, फ्रस्टेशन तथा डिप्रेशन जस्ता समस्या बढद्दै गएको पाइन्छ । यस परिस्थितिलाई सम्हान महिलाहरूले जुन परिस्थितिमा आफ्नो वश हुादैन त्यसमा चिडचिडा हुनु कुण्ठित वा तनावग्रस्त हुनु भन्दा सम्झौताबाट काम लिनु बुद्धिमानी हुन्छ । जीवनप्रति सकारात्मक सोच अंगालेर खुसी रहने प्रयास गर्नुपर्छ र अरूमा खुसी बाँड्ने काम गर्नुपर्छ । 

 Image