Successfully Copied

अनेरास्ववियुको अध्यक्ष पदमा नविना लामा विजयी

नेपालको राजनीतिमा चर्चा पाएकी अनेरास्ववियुकी सक्रिय र लोकप्रिय पात्र नविना लामा नेकपा मालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएकी छन् ।

नेपालको राजनीतिमा चर्चा पाएकी अनेरास्ववियुकी सक्रिय र लोकप्रिय पात्र नविना लामा नेकपा मालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएकी छन् ।

अखिलको इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ हुन । दीपक गौतमलाई २१६ मतले हराउँदै नविना अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी हुन् ।
पदाधिकारीमा पनि अधिकांश संस्थापन पक्षधर नविना समूहकै निर्वाचित भएका छन् । उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन् ।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् ।

कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन् । निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भएकी छन् ।
२० वर्षदेखि अखिलको विद्यार्थी राजनीतिमा आवद्ध अध्यक्ष लामाले  काभ्रेको महेन्द्र मावि मदनकुँडारीको प्रारम्भिक कमिटीमा १२ वर्षको उमेरदेखि राजनीतिक यात्रा सुरु गरेकी हुन । उनी अहिलेसम्म प्रतिस्पर्धामा उत्रिएका कुनै पनि चुनावमा पराजित भएकी छैनन् ।

 Image