Successfully Copied

बायाँ फर्केर सुत्नु फाइदाजनक

बायाँ फर्केर सुते मुुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ । –सबै अंग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ जसले गर्दा सबै अंगले राम्रोसँग काम गर्छन् ।

–बायाँ फर्केर सुते मुुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ । 

–सबै अंग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ जसले गर्दा सबै अंगले राम्रोसँग काम गर्छन् । 

–बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ । 

–पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ । 

कम्मरको पीडा भएमा 

–कम्मरको पीडाबाट छुटकारा प्राप्त गर्ने सबैभन्दा राम्रो उपाय स्ट्रेचिङ एक्सरसाइज हो । यसले पीडा कम गर्छ ।

–पेटलाई बल पर्ने गरी सुत्ने, हातलाई सीधा फैलाउने, खुट्टालाई स्ट्रेच गर्ने, सास लिने तथा बायाँ हात तथा दायाँ खुट्टाको माथि उठाउने, सास छोड्दै बिस्तारै पहिलेकै अवस्थामा आउने । त्यसपछि दायाँ हात तथा बायाँ खुट्टामा पनि यही प्रक्रिया दोहोर्‍याउने ।

–पेनकिलर खानुभन्दा जहाँ पीडा छ त्यहीँ आइसले सेक्नुपर्छ । दिनमा तीनपटक २० मिनेट सेक्नुपर्छ । 

–एउटै पोजिसनमा धेरै समयसम्म उभिनु तथा बस्नु हुँदैन । अफिसमा काम गर्ने भए पनि हरेक ४५ मिनेटमा ब्रेक लिनुपर्छ । 

 Image