Successfully Copied

गर्मीमा झुल

झुल गर्मी महिनाका लागि अपरिहार्य मानिन्छ । तराईको जीवन झुलबिना कल्पना पनि गर्न सकिँदैन । यो अत्यावश्यक सामग्री मात्र नभई आपत्कालीन सामग्री पनि हो ।

झुल गर्मी महिनाका लागि अपरिहार्य मानिन्छ । तराईको जीवन झुलबिना कल्पना पनि गर्न सकिँदैन । यो अत्यावश्यक सामग्री मात्र नभई आपत्कालीन सामग्री पनि हो । आफूलाई आपत् परी हप्तौं बाहिर बस्नुपर्ने बाध्यता भए झुलले हामीलाई विभिन्न कीराबाट जोगाउँछ । यस्ता कीराको टोकाइबाट डेंगु, मलेरिया, टाइफाइड, पहेंलो ज्वरो आदिको सिकार हुन सकिन्छ । अहिले के पहाड के तराई जताततै झुल आवश्यक छ । लामखुट्टे आउने समयमा त झुल नभई हुँदैन । विपत्का बेला जहाँ पनि बास बस्नुपर्ने हुन्छ । फोहोर तथा हरियो–परियो भएको ठाउँमा लामखुट्टे लाग्छ । त्यसैले झुल अत्यावश्यक छ । परिवारको संख्या हेरी विभिन्न रंग तथा आकारमा झुल खरिद गर्न सकिन्छ । अहिले बजारमा घरको आन्तरिक सज्जालाई मध्यनजर गरी डिजाइनर झुलका साथै मेडिकेटेट झुल पनि आएका छन् । लामखुट्टे वा अरू साना कीराहरू झुलको नजिक आउनेबित्तिकै मर्छन् । स्वास्थ्यका हिसाबले पनि झुल नभई नहुने वस्तु हो । यसलाई जहाँ पनि सजिलै झुन्ड्याउन सकिन्छ । सि थ्रु नेट फेब्रिकबाट बनेका झुल विभिन्न रंगमा उपलब्ध हुन्छन् । नेपालमा भारत, चीन, कोरिया तथा बंगलादेशबाट झुल आयात गरिन्छ ।

 Image