Successfully Copied

ग्लिटर र विड्सबाट फेस्टिभ लुक

आँखाको सुन्दरता बढाउन फरक–फरक तरिकाले आँखालाई सजाउने काम गरिन्छ । उपयुक्त मेकअपले आँखाको सुन्दरता धेरै गुणा वृद्धि गर्छ ।

आँखाको सुन्दरता बढाउन फरक–फरक तरिकाले आँखालाई सजाउने काम गरिन्छ । उपयुक्त मेकअपले आँखाको सुन्दरता धेरै गुणा वृद्धि गर्छ । आफ्नो आँखालाई अझ लोभलाग्दो बनाउन ग्लिटर र विड्सबाट नयाँ लुक प्रदान गर्न सकिन्छ । यसबाट सौन्दर्य र फरक लुक पनि प्राप्त हुन्छ । 

फेदरिङ् इफेक्ट : यसका लागि दुई वा तीन रंगको आइस्याडोलाई एकसाथ प्रयोग गर्न सकिन्छ । यिनलाई ल्यास लाइनबाट लगाउँदै र ब्रो लाइनभन्दा ठीकमुनि पुर्‍याएर इफेक्ट दिइन्छ । यिनै रंगको थोरै हल्का टोन तल्लो ल्यासको लाइनमा राम्रोसँग लगाउनुपर्छ । गाढा रंगको लिक्विड आइलाइनर प्रयोग गर्नुपर्छ र यसलाई पूरा आइलिडमा प्रयोग गरी त्यसपछि मस्कारा लगाउन सकिन्छ । मस्कारा लगाएपछि आइलाइनर प्रयोग गरी त्यसलाई आइल्यासेजलाई फेदर इफेक्ट दिन तल्लो ल्यासेजभन्दा केही लाइन्स तान्नुपर्छ र आँखाको कुनासम्म लग्दै ब्रो लाइनसम्म पुर्‍याउनुपर्छ । यो फेदरिङ इफेक्टले आँखालाई फरक लुक प्रदान गर्छ । 

स्टोन आइ  गहना : ल्यास लगाइसकेपछि फल्स ल्यासिङ र कपर आइस्याडो प्रयोग गर्नुपर्छ । ब्रोका माथि कपरका साथमा गोल्ड र ग्लिटरिङ् स्टोन प्रयोग गर्नुपर्छ । यसबाट सुन्दरतामा थप वृद्धि हुन्छ । यसका साथमा विन्दीलाई पनि बढी ग्लुका साथमा लगाउन सकिन्छ । 

ग्लिटरको प्रयोग : चम्किलो हीरा र पहेंलो रंगको आइस्याडो प्रयोग गर्नुपर्छ । ग्लिटरको प्रयोगबाट अपिलिङ र फेसनेबल देखिन सकिन्छ । ग्लिटरको प्रयोग रातको समयमा बढी प्रभावकारी हुन्छ । पार्टी तथा इभेन्टहरूमा ग्लिटरको प्रयोगले रौनक थप्छ । 

फ्लोरल पेटल्स : फेन्टासी लुक प्राप्त गर्न फेन्टासी ल्यासेज प्रयोग गर्न सकिन्छ । यसबाट फ्लावर पेटल्स वा फेदर लुकका साथै यसबाट रेट्रो लुक पनि प्राप्त हुन्छ । 

विड्स डेकोरेसन : फेन्टासी लुक दिन ग्लिटरका साथमा डार्क, स्मोकी आइ मेकअप गर्नुपर्छ र विड्सबाट आइ डेकोरेट गर्नुपर्छ । 

आर्टिस्टिक आइ मेकअप : यसका लागि आजभोलि थरिथरिका रंग र स्टाइलका आइस्याडो बजारमा उपलब्ध छन् । यिनलाई ग्लिटरका साथ प्रयोग गर्नुपर्छ, यसबाट क्रिएटिभ लुक प्राप्त हुन्छ । 

फेन्टासी पिकक मेकअप पिक्चर : यसका लागि फल्स आइस्याडोलाई पेपर प्रयोग गर्न सकिन्छ । बोल्ड र ग्रिन आइस्याडोबाट त्यसलाई थोरै ठूलो देखाउनुपर्छ । यसमा फेदर पनि प्रयोग गर्न सकिन्छ । यसबाट पिकक लुक प्राप्त हुन्छ । 

स्पार्कलिङ पिकक आइज : आँखालाई मयुरी लुक दिने हो भने फल्स आइल्यासेजका साथमा रंगीन मस्कारा प्रयोग गर्न सकिन्छ ।

 Image