Successfully Copied

मोटोपन समस्या हो

जंकफुडमा अनावश्यक चिल्लो पदार्थ हुने भएकाले मोटोपनको समस्या देखापर्छ । यसबाहेक भूकम्पपछि अहिले धेरै जना घरबाहिर बस्न बाध्य भएका छन् । यसले गर्दा बाथ रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

जंकफुडमा अनावश्यक चिल्लो पदार्थ हुने भएकाले मोटोपनको समस्या देखापर्छ । 

यसबाहेक भूकम्पपछि अहिले धेरै जना घरबाहिर बस्न बाध्य भएका छन् । यसले गर्दा बाथ रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । रातदिन चिसो ठाउँमा बस्दा छातीको संक्रमण भएर निमोनियाका रोगीको संख्या बढेको डा. पौडेल बताउँछन् । पहिलेदेखि दम रोग लागेकाहरूलाई धूँवा तथा धूलोका कारण गाह्रो भैरहेको हुन्छ । यसैगरी वातावरणका कारण यो समयमा टाइफाइडको सम्भावना पनि वृद्धि हुन्छ । 

 

समाधानका उपाय

अहिले सबैले विपत्तिको सामना गर्नुपरेको छ । यस्तो विपत्तिका बेलामा जे उपलब्ध हुन्छ त्यही खानुपर्ने बाध्यता छ । घरबाहिर टेन्ट तथा खुला ठाउँमा बस्नुपर्ने बाध्यता पनि उत्तिकै छ । प्रकृतिले दिएको यो विपत्तिको सामना गर्दै आफ्नो स्वास्थ्यप्रति पनि जागरुक हुनुपर्छ । जे भए पनि सकेसम्म लामो समयसम्म जंकफुडको भर पर्नुहुँदैन । राम्रोसँग नपकाइएको खानेकुरा खाँदा अपच हुनुका साथै वाकवाकी लाग्छ । त्यसैले भात पनि राम्रोसँग पकाएर खानुपर्छ । गाउँघरतिर आफ्नै घरमा मकै, गहँु आदि उपलब्ध हुन्छन् । चना, मकैको सातु, गहुँको पिठोको रोटी खान सकिन्छ । यस्ता खानेकुरामा पौष्टिक तत्व बढी पाइन्छ । यसैगरी आफ्नो स्वास्थ्यको ख्याल गर्दै चिसो ठाउँमा बस्नुहुँदैन । फोहोर खानेकुरा नखाने, खानुअघि हात राम्रोसँग धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । अहिले वर्षायाम छ । त्यसैले पानीबाट उत्पन्न हुने रोगबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ । हैजा, मलेरिया आदि पानीको माध्यमबाट सर्ने भएकाले घर वरपर फोहोर भए तुरुन्त सफा गरी पानी जम्ने खाल्डाहरू पुर्नुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ । चर्पीको पनि उचित व्यवस्थापन गर्नुपर्छ । 

 Image