Successfully Copied

मिस नेपाल कल्चरका लागि २८ प्रतियोगी

विभिन्न समुदायका २८ जना युवतीहरु यतिखेर आआफ्नो कला, संस्कृति र वेशभूषालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्रियालाई गति दिन अभ्यस्त छन् । उनीहरुको यो प्रयास र मिहेनत ‘मिस नेपाल कल्चर २०१६’ को विजेता बन्नका लागि हो ।

विभिन्न समुदायका २८ जना युवतीहरु यतिखेर आआफ्नो कला, संस्कृति र वेशभूषालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्रियालाई गति दिन अभ्यस्त छन् । उनीहरुको यो प्रयास र मिहेनत ‘मिस नेपाल कल्चर २०१६’ को विजेता बन्नका लागि हो । प्रारम्भिक चरणको चयनबाट चयन भएका लक्ष्मी राई, सागरिका भण्डारी, सोना शेर्पा, नविना देसार, सृदिक्षा घिमिरे, सञ्जना तिमिल्सिना, सुजाना थापा, सबिना बुढाथोकी, रिया पोखरेल, अमिता कार्की, परिसी कारन्जित, सुप्रभा कुावर, श्वेता मिश्रा, मोनिका मलाला, उरुशा जोशी, सोनाली हमाल, केनु प्रसाईं, बाला नेपाली, रोजमेरी रिसाल, प्रीति घिमिरे, सुप्रिया श्रेष्ठ, रोशनी आचार्य, समीक्षा भण्डारी, विसाखा अग्रवाल, सिर्जना कार्की, रुबी बज्राचार्य, सिर्जना गुरुङ एवं सुदीक्षा लामा आआफ्नो प्रतिभा तिखार्न तथा आत्मविश्वास निखार्न कोरियोग्राफर रोजिन शाक्यको सिकाइअनुसार आफूलाई परिमार्जित र परिवर्तित गरिरहेका छन् । 

युहान इन्टरनेशलन ईभेन्टस् प्रालिको आयोजना तथा सांस्कृतिक संस्थान नाचघरको सह–आयोजना तथा बिलक्षण क्रियसनको व्यबस्थापनमा यो प्रतियोगिताको ग्राण्ड फिनाले यही वैशाख २० गते सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुादैछ । नेपालको विविध कला संस्कृति बारे जानकारी गराउादै प्रतियोगीको व्यक्तित्व विकास सागै प्रतिभा प्रस्तुति र कला संस्कृतिको संरक्षणमा प्रेरित गर्न आयोजना गरिएको यो प्रतियोगिताकी विजेता सांस्कृतिक संस्थानको सद्भाव दूत हुनेछिन् ।  

तस्बिर : महेश प्रधान 

 Image