Successfully Copied

बुके आदान–प्रदान गर्ने सही माध्यम

बुके अहिलेको समयमा हरेक कुरा आदान–प्रदान गर्ने सही माध्यम भएको छ । जुनसुकै उत्सव, अवसर तथा कार्यक्रममा बुकेको बढी प्रयोग भएको पाइन्छ ।

बुके अहिलेको समयमा हरेक कुरा आदान–प्रदान गर्ने सही माध्यम भएको छ । जुनसुकै उत्सव, अवसर तथा कार्यक्रममा बुकेको बढी प्रयोग भएको पाइन्छ । कुनै कार्यक्रममा अतिथिलाई स्वागत होस्, कसैले गरेको कार्यको उत्कृष्ट मूल्यांकन होस् वा कसैलाई खुसी व्यक्त गर्न होस् बुकेको प्रयोग हुने गरेको छ । विभिन्न प्रकारका फूल तथा विभिन्न बिरुवाका पातलाई प्रयोग गरी बनाइएको गुच्छालाई बुके भनिन्छ । बुके निकै आकर्षक हुन्छ । यसमा प्रयोग गरिने रंगीचंगी फूलको निकै ठूलो भूमिका हुन्छ । यो विभिन्न आकार–प्रकारमा निर्माण गर्न सकिन्छ । अहिले विभिन्न बास्केटमा पनि बुके बनाइन्छ । बुके घरमै पनि बनाउन सकिन्छ । बुके एकै रंग तथा विभिन्न रंगका फूलहरूको संयोजनबाट तयार गर्न सकिन्छ । यो आफ्नो रुचिमा भर पर्छ । बुकेलाई राम्रो तथा प्रभावकारी बनाउन यसमा विभिन्न सुगन्धित फूल प्रयोग गर्न सकिन्छ । मौसमअनुसार विविध प्रकारका फूलहरू प्रयोग गरी बुके बनाइन्छ । अवसर तथा व्यक्तिको छवि हेरेर बुके तयार गर्नुपर्छ । बुके तयार गर्दा पनि लामो समयसम्म टिक्ने फूल तथा बिरुवा प्रयोग गर्नुपर्छ । 

बुकेका लागि प्रयोग हुने फूलहरू 

कार्नेसन, गुलाफ, जर्बेरा, सेडी लिली, अर्किड, एन्थोरियम, डायन्थस, गोदावरी, ग्लाडियस, टुलिप, बर्ड अफ प्याराडाइज ।

 Image