Successfully Copied

अफिसमा समय बचत

अनावश्यक कागजको भीडबाट बाहिर निस्कनुपर्छ । अफिसका आवश्यक कागजपत्रलाई एउटा फाइलमा सुरक्षित राख्नुपर्छ । बाँकी कागज बेच्नु वा जलाउनुपर्छ । यसो गर्दा कागजपत्रहरू खोजिरहनुपर्दैन ।

–अनावश्यक कागजको भीडबाट बाहिर निस्कनुपर्छ । अफिसका आवश्यक कागजपत्रलाई एउटा फाइलमा सुरक्षित राख्नुपर्छ । बाँकी कागज बेच्नु वा जलाउनुपर्छ । यसो गर्दा कागजपत्रहरू खोजिरहनुपर्दैन ।

–तीन प्रकारका फाइल बनाउनुपर्छ । एउटा फाइलमा एक्सन लेख्नुपर्छ । यो फाइलमा त्यस्ता कागजपत्र राख्नुपर्छ, जुन व्यक्तिगत रूपले ध्यान दिनुपर्ने हुन्छ । दोस्रो फाइलमा टु रिड लेख्नुपर्छ । यो फाइलमा अध्ययन गर्न बाँकी कागजपत्र राख्नुपर्छ । तेस्रो फाइलमा पेन्डिङ लेख्नुपर्छ । यो फाइलमा त्यस्ता कागजपत्र राख्नुपर्छ, जसको महत्व कम छ ।

–कार्यस्थलमा समय बढाउन कम्प्युटरका अनावश्यक कामहरू रिकाइकलविनमा राख्नुपर्छ । आफ्नो मेल नियमित चेक गर्ने बानी बसाल्नुपर्छ । मेलको उत्तर दिनु आवश्यक छ भने तुरुन्त लेखिहाल्नुपर्छ । यसो गर्दा मेलको उत्तर लेख्न बिर्सने समस्या हुँदैन ।

–अफिसमा काम गर्दा मोबाइल भ्वाइसमेलमा राख्नुपर्छ ।

–कामको समयमा आफ्ना सहयोगी एवं सहकर्मीहरूसँग कुरा गरेर समय खेर फाल्नु हुँदैन । खाजा खाने बेलामा मात्र कुरा गर्ने बानी बसाल्नुपर्छ । कामको समयमा कुरा गर्ने बानीले आफ्नो मात्र होइन, सहयोगीहरूको पनि समय खर्च हुन्छ ।

–बिग्रिएका अनि छरिएका काम र अव्यवस्थित कागजहरूका कारण अनावश्यक तनाव उत्पन्न हुनसक्छ तसर्थ व्यवस्थित हुने प्रयास गर्नुपर्छ । आफू व्यवस्थित भएपछि मात्र सबै काम व्यवस्थित हुन्छ ।

 Image