Successfully Copied

सिद्धार्थ बिद्यापिठको सफल यात्रा

सिदार्थ विद्यापिठका पूर्व प्राथमिक विद्यार्थी दिक्षित बैंशाख २६, काठमाडौं ।

सिदार्थ विद्यापिठका पूर्व प्राथमिक विद्यार्थी दिक्षित बैंशाख २६, काठमाडौं । भक्तपुरस्थित सिद्धार्थ विद्यापिठले शनिवार किन्डरगार्डेन ग्रयाजुयसन कार्यक्रमको अवसर पारि विद्यार्थीहरुलाई दिक्षान्त गरेको छ । कार्यक्रमको अवसर पारेर विद्यालयकै अव्वल तथा प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । किन्डरगार्डेन अर्थात पूर्व प्राथमिकका विद्यार्थीहरु दिक्षीत हुनुका साथै स्वंयम विद्यार्थीहरुद्धरा कला तथा मनोरञ्जनका विभिन्न पस्किएका थिए । खेल, अध्ययनमा सफल तथा निपूर्ण विद्यार्थी पुरस्कृत हुनुका साथै अभिभावकको उपस्थितीमा विद्यार्थीलाई हौसला प्रदान गर्ने कार्यक्रमको आयोजना गरी कार्यक्रम गर्न विद्यालय सफल भएको छ । मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशानलयका निर्देशक दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न शिक्षाविद्धहरुको उल्लेख्य उपस्थिती रहेको थियो किन्डरगार्डेन लेभलदेखी कक्षा दशसम्म अध्ययन अध्यापन हुने शिद्धार्थ विद्यापिठ सफल र राम्रो विद्यार्थी उत्पादन गर्न सक्ने भक्तपुरकै आकर्षक र अनुभवि शिक्षालयमा पर्छ । कार्यक्रमका सन्दर्भमा शिद्धार्थ विद्यापिठकी प्रिन्सिपल दिपिका रिमाल थापा भनिन्छन्, ‘यो कार्यक्रम आफ्ना बालबालिक कतिको अव्वल र सिपमा पोख्त छन् भनेर उनीहरुका अभिभावकलाई अवलोकन गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । यसैगरी, विद्यार्थी स्वंयमका लागि पनि यस्ता कार्यक्रमले प्रोत्साहान प्राप्त हुने भएकाले विद्यालय परिवार र अभिभावको सामन्जस्यतामा नै विद्यार्थीको मनोवल बढ्ने हुदा यो कार्यक्रम गरिएको हो ।’ कार्यक्रममा खेल विद्यामा अग्रसर विद्यार्थीहरुलाई खेलकुद पुरस्कार वितरण गरिएको छ । सिद्धार्थ विद्यापिठले वर्षेनि र विभिन्न अवसर पारेर विद्यार्थीको हौसला बढाउन कार्यक्रम गर्दै आइरहेको छ । 

 Image