Successfully Copied

पत्रकार महिलाले आफ्नो कथा आफैले बिमोचन गरे

पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको विमोचन गरिएको छ । मंगलबार घोराहीमा आयोजित एक कार्यक्रममा उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथामा आधारित उपन्यासको जिल्लामा क्रियाशिल पत्रकार महिला र

 
पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको विमोचन गरिएको छ । मंगलबार घोराहीमा आयोजित एक कार्यक्रममा उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथामा आधारित उपन्यासको जिल्लामा क्रियाशिल पत्रकार महिला र सामाजिक संघसंस्थामा क्रियाशिल महिलाहरुले संयुक्तरुपमा विमोचन गरेका थिए । असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ प्रकाशित उपन्यासलाई पत्रकारहरु बसुन्धरा गौतम, लीला

शाह, रञ्जीता शर्मा, नारायणी रजौरे, शारदा शर्मा र दाङ जिल्ला उद्योग वाणिज्य संघकी कोषाध्यक्ष मञ्जु बज्राचार्यले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । सो अबसरमा बोल्ने वक्ताहरुले उपन्यास सन्देशमुलक भएको टिप्पणी गर्दै उपन्यासको बिक्री रकम सामाजिक काममा लगाउने उपन्यासकार

प्रियासनको सोंच उत्तम भएकोमा प्रशंशा गरेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल इञ्चार्ज, राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव समेत रहेका प्रियासन दाङबाट प्रकाशित गणतन्त्र दैनिकको प्रकाशन तथा सम्पादक समेत छन् । प्रियासनले यस अगाडि दुईवटा उपन्यास, एक वटा कथा संग्रह र सम्पादकीय संग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै फुटकर कविताहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । प्रियासनले यस अगाडि पनि अपांगता भएका व्यक्तिहरुलाई सहयोग होस भन्ने उद्देश्यले रोदनपछिको उपन्यास प्रकाशित गरेका थिए । जसको बिक्रीबाट संकलित रकम घोराहीस्थित झिंगौरामा रहेको अपांग संघलाई प्रदान गरिएको थियो । सो अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी सुशिल गौतमले साहीत्य र पत्रकारीतामा निरन्तर क्रीयाशील ब्यक्तीत्वकारुपमा प्रीयासनलाई चर्चा गर्दै पुनरागमन उपन्यास पत्रकार महिलको सन्दर्भमा उल्लेखनिय हुने बताउनु भयो । पत्रकार महिलाको संघर्षशिल कथामा आधारीत उपन्यास राप्तिको सन्दर्भमा पहीलो साहित्यीक कृति रहेको भन्दै यसले पत्रकारीता क्षेत्रमा महिलाको सहभागितामा गुणात्मक बृद्धी गर्न सहयोगि भुमीका खेल्ने बताउनु भयो । त्यस्तै सकल्प महिला सञ्चार संस्था दाङकि अध्यक्ष लिला शाहले प्रीयासनले उपन्यासमार्फत पत्रकार महिलाले कार्यक्षेत्रमा रहदा भोग्नुपरेको समस्यालाई वाहिर ल्याउन सफल भएको भन्दै पत्रकारीता क्षेत्रमा महिलाको उपस्थिती बढाउन उपन्यासको  भुमिका महत्वपुर्ण हुने बताउनु भयो । विभिन्न कठिनाइका वावजुद पनि पत्रकार महिलाको सामाजिक रुपान्तरमा अहं भुमिका निर्वाह गरेको भन्दै उहाले पत्रकारीता क्षेत्रमा महिलालाई स्थायित्वसंगै टिकाउने वातावरण बनाउन सबैले आ–आफ्नो क्षेत्रवाट भुमिका वढाउनुपर्ने उल्लेख गर्नु भयो । पत्रकार महिला मञ्चकी जिल्ला अध्यक्ष रञ्जिता शर्माले पत्रकार महिलाहरुले भोगेका समस्याका वारेमा उपन्यासमा शशक्तरुपमा उठाईएको भन्दै उहाले

पत्रकारीता क्षेत्रमा महिलाको उपस्थित बढाउनका लागि उनिहरुको पेशागत सुरक्षामा ध्यान दिनुपर्ने सुझाउनु भयो । त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष मञ्जु व्रजाचार्यले पुनरागमन उपन्यासले विभिन्न क्षेत्रमा महिलाहरुले भोगेका समस्यालाई उपन्यास माफर्त वाहिर उजागर गर्न सफल भएको बताउनु भयो । उपन्यासभित्र महिलाको उदाहरणिय कार्यहरुको समेत चर्चा गरीएकाले यो उपन्यास शन्देशमुलक रहेको उहाको भनाई थियो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले उपन्यासले सबैको मनछुने भन्दै विविध अपठ्याराका बाबजुद पत्रकार महिलाले पत्रकारीता क्षेत्रमा निर्वाह गरीरहेको भुमिकालाई उपन्यासमा चर्चा गरीएको बताउनुभयो । कार्यक्रममा  साहीत्यकार,कलाकार, पत्रकार, विद्यार्थिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 Image