Successfully Copied

शिवसागरको सफल सांगीतिक यात्रा

रामेछापमा जन्मिएका २७ वर्षिया शिवसागर मगर सिभील इन्जिनियरका विद्यार्थी हुन् । उनले आफूलाई गायक तथा मोडेलका रूपमास्थापित गरिसकेका छन् ।

रामेछापमा जन्मिएका २७ वर्षिया शिवसागर मगर सिभील इन्जिनियरका विद्यार्थी हुन् । उनले आफूलाई गायक तथा मोडेलका रूपमास्थापित गरिसकेका छन् । २५ वटा गीत गाउनुका साथै ७ वटा म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेका शिवसागर निर्देशन पनि गर्छन् । निकै शालिन स्वभावका उनी नारीलाई जगतजननी तथा सृष्टिकर्ता भन्न रुचाउछन् । शिवसागर मन छुने महिला सीता, बोल्ड महिला आङसाङ सुकी तथा मन परेको पुस्तककी पात्र मुनामदनकी मुना भएको बताउँछन् । उनका दृष्टिमा महिलाको सकारात्मक पक्ष व्यवहार सन्तुलित बनाएर सबै काम अघि बढाउन सक्नु हो । संसारकी सुन्दर नारी भारतीय नायिका काजोललाई मान्ने शिवसागर महिलाको नकारात्मक पक्ष अधिक भावुक हुनुलाई बताउँछन् । महिलामा पुरुषमा भन्दा बढी धैर्य एवं सहनशीलता हुने भए पनि उनीहरूमा आफूलाई कमजोर ठान्ने कमजोरी रहेको शिबसागरको विचार छ । एक दिनका लागि महिला हुन पाए अनुराधा कोइरालाजस्तो संघर्ष गर्नसक्ने  महिला हुन मन लागेको शिवसागर बताउँछन् । 

 Image