Successfully Copied

समय ब्राइट ह्वाइटको

समय ब्राइट ह्वाइटको

ब्ल्याक विन्टर्सको रोजाइ भएजस्तै ह्वाइट कलर गर्मीको रोजाइ हुन्छ । त्यसो त मौसम कुनै पनि होस्, ह्वाइट कलर सधैं ट्रेन्डमा रहन्छ । यो रंगले दिउँसो शीतलता प्रदान गर्छ भने साँझ हट स्टाइल स्टेट्मेन्ट क्रिएट गर्छ जुन यो रंगको विशेषता हो । यो हरेक बडी सेपमा सुट गर्छ । ह्वाइट कलर सबै स्किन टोनमा सुट हुन्छ तैपनि यो रंग गहुँगोरो व्यक्तिका लागि बढी सुहाउँदो हुन्छ । सेतो रंगको पहिरन लगाउनेबित्तिकै मुहारको रंग उडेजस्तो छ भने ह्वाइट कलरको ड्रेसेजलाई सही एसेसरिजका साथमा क्यारी गर्नुपर्छ । यसलाई हरेक अवसरमा लगाउन सकिन्छ ।

–ह्वाइट कलरको फ्लोरिङ ड्रेस बढी सुहाउँदो हुन्छ । बडीमा टाँसिने वा क्लिङ गर्ने फेब्रिक उपयुक्त हुँदैन ।

–कलरफुल ड्रेसेजमा ह्वाइट कलरको एसेसरिज सुहाउँदो हुन्छ ।

–ह्वाइट कलरको ड्रेसमा ह्वाइट एसेसरिज सुहाउँदैन । अलग देखिनु छ भने कुनै ब्राइट कलरको फुटवेयरका साथमा पेयरिङ गर्नुपर्छ । यसो गर्दा स्किन टोन सुहाउँदो हुनुपर्छ ।

–ह्वाइट कलर ड्रेसमा वेज, केमल, ब्राउन र स्फट ग्रेलाई कम्बाइन गर्ने गल्ती गर्नु हुँदैन । यसबाहेक सिल्भर, ब्रोन्ज र मेटालिक गोल्डको स्यान्डल र फ्लिप–फलप्स पर्फेक्ट हुन्छ ।

–ह्वाइट कलरको ड्रेसमा सिंगल वा एलिड ब्राइट कलरको स्कार्फ वा स्टोल अत्यन्त सुन्दर देखिन्छ वा कलरफुल ड्रेसमा ह्वाइट स्कार्फ टिम गर्नुपर्छ ।

–ह्वाइट कलरको ड्रेसमा ह्वाइट स्यान्डल्स नै लगाउने चाहना छ भने खुला स्यान्डल लगाउनुपर्छ, ताकि अलिकति स्किन देखियोस् ।

–शरीरको जुन भागलाई उभार्न चाहने हो वा फिगरलाई सेप दिन चाहने हो त्यो भागमा ब्राइट ह्वाइट कलर प्रयोग गर्नुपर्छ ।

–पूरा ह्वाइट लुक चाहने हो भने ह्वाइट कलरको पहिरनमा भेराइटी ल्याउन लेस, प्लिटस, रफल्स तथा टेसेल्सको सहयोग लिनुपर्छ ।

 

 Image