Successfully Copied

यो वर्षको मेकअप ट्रेन्ड

विगतका वर्षझैं यो वर्ष पनि चलिरहेको फेसन ट्ेरन्ड जारी रहनेछ । यद्यपि फेसनका आयामहरू थपिने क्रम पनि जारी नै रहन्छ ।

विगतका वर्षझैं यो वर्ष पनि चलिरहेको फेसन ट्ेरन्ड जारी रहनेछ । यद्यपि फेसनका आयामहरू थपिने क्रम पनि जारी नै रहन्छ । चाहे पहिरनमा होस् वा मेकअप तथा एसेसरिजमै किन नहोस्, बदलिँदो विश्वबजारको फिचर भनेकै परिवर्तन हो । विज्ञान र प्रविधि मात्र नभएर अहिले सारा विश्व नै परिवर्तनशील छ । यसकारण नयाँ सालको नयाँ फेसन ट्ेरन्डमा आफूलाई ढाल्न चाहनेहरूका लागि पनि ट्ेरन्ड बलियो आधार बन्न सक्छ ।

मेकअप ट्रेन्ड

मेकअप स्टाइल तथा आकर्षणका बारेमा जति कुरा गरे पनि कमै हुन्छ । सौन्दर्यलाई नारीको गहनाका रूपमा हेरिने भएकाले पनि यसको महत्व निरन्तर बढ्दो छ । हरेक नारीका लागि मेकअप अभिन्न अंग बनेको छ । हिजोआज महिलाहरू स्वास्थ्यका हिसाबले पनि मेकअपप्रति सचेत हुन थालेका छन् । मेकअपमा ध्यान नदिने महिला बिरलै पाइन्छन् । मेकअपका बारेमा समाज तथा आमजनमानसले जति आलोचना गरे पनि यसको बिस्तार र विकास कसैले कम गर्न सकेका छैनन् । राम्री देखिनु आफैमा राम्रो कुरा भएकाले पनि नयाँ तौरतरिका अपनाएर मेकअपमा ध्यान दिनुका अनेकौं फाइदा छन् ।

आई अट्रयाक्सन

–सफ्ट, पिंक, पिच कलरका आइस्याडोले आँखाको शोभा बढाउँछ ।

–आँखाको कर्नरमा ब्ल्याक आइलाइनर्स लगाउनु उपयुक्त हुन्छ ।

–अहिले आँखालाई सिमर लुक्स दिने फेसन छ । यसकारण अपर आइलेसमा ग्लिटरी सिमर सेड डस्ट गरे आँखाको सौन्दर्य वृद्धि हुन्छ ।

–हिजोआज ब्लु आइलाइनरको फेसन खुबै चलेको छ । अपर आइलेसेजमा डार्क ब्लु लाइनर प्रयोग गरी कन्फिडेन्सका साथ बाहिर निस्कन सकिन्छ, किनभने यो मेकअपले सुन्दरतालाई उकासेको हुन्छ ।

–ग्राफिक्स आई पेन्टर्स यो वर्षको सबैभन्दा हट ट्ेरन्ड हो ।

–आँखाको सुन्दरता वृद्धि गर्न हट मेकअप ट्ेरन्ड अपनाउनु जरुरी हुन्छ ।

हट लिप्स

–डार्क, मुडी लिप्स विथ स्टेन यो वर्षको ट्ेरन्ड हो । डार्क, पर्पल–ब्ल्याक वा पर्पल लिप्स विथ ब्लुइस स्टेनले यस्तो लुक्स सिर्जना गर्न सक्छ ।

–स्ट्राइकिङ गोल्ड लिप्सले पनि स्टनिङ लुक्स दिन्छ । यो फेसन जुनसुकै उत्सवमा पनि प्रयोग गर्न सकिन्छ ।

–चेरी रेड लिप्सको फेसन विगतका वर्षझैं आकर्षणको केन्द्र हुनेछ ।

–इनोसेन्ट लुक्सका लागि बबलगम पिंक लिप्सको ट्ेरन्ड पनि अपनाउन सकिन्छ ।

म्याजिक फेस

–हट लुक्सका लागि ठूलो आइलेसको महत्वपूर्ण भूमिका हुन्छ ।  मस्कराले आइलेसलाई बाक्लो देखाएर म्याजिक लुक्स दिन सकिन्छ ।

–नो मेकअप लुक्सको जमाना पुरानो मानिन्छ । अहिले त ब्राइट, रेड लिप्स, इलेक्ट्रिक ब्लु आँखा, ग्लिटर अर्थात् फल्स आइलेस नै पूर्ण मानिन्छन् ।

–गो फर ब्रान्ज लुक्सका लागि ब्राउन, क्रिममा ब्रान्जर अर्थात् हाइलाइटमा ब्लेड गरेर प्रयोग गर्न सकिन्छ ।

–हाइलाइटेड स्किन यो वर्षको  मेकअप ट्ेरन्ड हो ।

–पिंक लिप्सका साथ गालामा सनी इफेक्टले पर्फेक्ट ट्रेन्डी लुक्स दिन्छ ।

हेयर ट्विस्टर

–हेयर स्टाइलमा मेस्सी हेयर लुक्स अहिलेको हट हेयर फेसन हो ।

–आफ्नो हेयर ब्रसलाई आराम दिई बब पिनले केशलाई कसिलो गरी कस्न सकिन्छ ।

–नट्स स्टाइलमा पनि टप बन बनाएर हिँड्नु हट ट्ेरन्डमा पर्छ ।

–लो बन पनि यो वर्ष फेसनमा रहन्छ ।

–एयर ड्राइड हेयर पनि ट्ेरन्डमा छ । यो केशलाई प्राकृतिक रू दिने लुक्स हो ।

नेल आर्ट

–नेल आर्ट सिम्पल र क्लासिक हुनुपर्छ ।

–सिमर वा मेटलिक कलर यो वर्ष बढी प्रयोगमा आउने देखिन्छ ।

–फ्रेन्च टिप्सको ट्र्रेन्ड नि हट हुन्छ ।

–फ्रेस कलर अर्थात् पेस्टल प्रिन्ट पनि चल्तीमा छन् ।

–पहेंलो, हरियो, ब्राइट इलेक्ट्रिक ब्लु, गोल्ड अर्थात् मेट ब्ल्याक आदि कलरको फेसन यो वर्ष बढी देखिन सक्छ ।

 Image