समयको बचत गर्ने उपाय
जेष्ठ १३, २०७३
भनिन्छ, बगेको पानी र बितेको समय फर्कंदैन । समय अनमोल छ, तसर्थ समयको बचत गर्न जान्नुपर्छ । यो व्यावसायिक जीवनका लागि मात्र काम लाग्ने विषय होइन । समयको बचत मानिसको निजी जीवनमा पनि उत्तिकै आवश्यक छ । केही निश्चित नियम पालन गरे समय बचत गर्न सकिन्छ ।घरमा समयको बचत
–घर सबैभन्दा बढी समय बिताउने ठाउँ हो । घरमा परिवारका सदस्यलाई समय दिने मात्र होइन, आफ्नो व्यक्तिगत काम समयमै सक्नुपर्छ । समय व्यवस्थापन गर्न कामको सूची बनाउनुपर्छ । कामकाजी महिलाहरूले बिहानको खाजा र टिफिन के बनाउने भन्ने तयारी अघिल्लो दिन नै गर्नु उपयुक्त हुन्छ ।
–घरको मुख्यद्वार (ढोका) को छेउमा साँचो राख्ने एउटा कि स्ट्यान्ड अथवा बास्केट राख्नुपर्छ र त्यसमा साँचो राख्ने बानी बसाल्नुपर्छ । यसो गर्दा हतारमा साँचो खोजिरहनु पर्दैन ।
–मेकअप केसमा आफूलाई आवश्यक पर्ने सामान मात्र राख्नुपर्छ । यसो गर्दा दिनहुँ मेकअपका सामान खोज्नुपर्दैन र समय बचत हुन्छ ।
–धुने लुगा राख्न एउटा ब्याग अथवा जालीको झोला प्रयोग गर्नुपर्छ । यसो गर्दा धुने लुगा खोजिरहनु पर्दैन ।
–बिहान घरबाट निस्कन हतार हुन्छ । त्यसैले घरको फोन वा मोबाइलमा कुरा गर्दा अरु काम गर्न सकिँदैन । यसका लागि मोबाइलमा आउने फोनमा एन्सरिङ मेसिन राख्नु उपयुक्त हुन्छ । यसो गर्दा फुसर्दको समयमा आवश्यक कल फर्काउन सकिन्छ ।
–वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । स्वास्थ्य परीक्षणका लागि चिकित्सकसँग समय लिएर जानुपर्छ, जसले गर्दा लाइन लाग्नुपर्ने समस्या रहँदैन ।
–चिकित्सककहाँ जाँदा बिहान वा खानापछिको समय मिलाउने प्रयास गर्नुपर्छ । यसो गर्दा समय खेर जाँदैन ।
–दराजमा मौसमअनुसार आवश्यक पहिरन मात्र राख्नुपर्छ । बेमौसमका पहिरनलाई हिफाजतका साथ अन्तै राख्नुपर्छ । सधैं प्रयोग गरिने पहिरनलाई सजिलै भेटिने गरी राख्नुपर्छ ।
–भान्साको काममा समय बचाउने हो भने र्याकमाथि आवश्यक सामान मात्र राख्नुपर्छ । र्याक भित्रका अनावश्यक सामान हटाउनुपर्छ ।
–बिल तिर्न र बैंकबाट पैसा निकाल्न घन्टौं लाइनमा उभिनबाट बच्न अनलाइन पेमेन्टको जानकारी लिनुपर्छ । अहिले धेरैजसो बैंकले अनलाइन पेमेन्टको सुविधा दिन थालेका छन् । यस्ता अरू नयाँ प्रविधिका सम्बन्धमा पनि जानकारी राख्नुपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्