Successfully Copied

आर्थिक अपराधी देशद्रोही हुन्

सामान्यत: हामी चोर–फटाहा–बदमासहरूलाई प्रहरीले पक्रेर लगेको देख्छौं । उनीहरूलाई अपराधअनुसार सजाय पनि हुने गरेको छ । सानातिना चोरी गर्नेहरूलाई त्यसरी सजाय दिइन्छ भने सरकारी विकास योजनामा करोडौंको घोटाला गर्ने,

सामान्यत: हामी चोर–फटाहा–बदमासहरूलाई प्रहरीले पक्रेर लगेको देख्छौं । उनीहरूलाई अपराधअनुसार सजाय पनि हुने गरेको छ । सानातिना चोरी गर्नेहरूलाई त्यसरी सजाय दिइन्छ भने सरकारी विकास योजनामा करोडौंको घोटाला गर्ने, भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्नेहरूचाहिं खुलमखुल्ला हिंडिरहेका हुन्छन् । अझ जो चोर उसैको ठूलो स्वर भने झैं उनीहरूकै हाँकोडाँको ठूलो हुने गर्छ । हामीकहाँ जिम्मेवार निकायमा बसेर पनि गलत क्रियाकलापमा संलग्न रही निजी स्वार्थमा चलेका आर्थिक अपराधीहरूलाई सजाय दिने कुनै प्रभावकारी संयन्त्र छैन । के देखिन्छ भने त्यस्ता अपराधमा आरोपितहरूलाई विशेष अदालतहरूमा उभ्याइए पनि सजाय दिने कार्यमा हुने ढिलाइका कारण समय पाउने भएकाले उनीहरूले आफू बचेर निस्कने जुक्ति जुटाइसक्छन् । उनीहरू त उसै फुत्कन्छन् तर उनीहरूका कारण भएको नोक्सानको भरपाई आम जनताले राजस्व तिरेर जम्मा गरेको पैसाबाट गर्नुपर्ने हुन्छ । यसबाट वैश्विक स्तरमा देशको अपमान हुने मात्र होइन कि देशविकासको गतिमा समेत सुस्तता देखा पर्छ । राज्य आर्थिक दृष्टिले निकै पछि पर्छ । त्यसैले आर्थिक अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिने व्यवस्था गरिनुपर्छ । त्यस्ता अपराधी तथा तिनका परिवारलाई सामाजिक बहिष्कार गर्नसमेत पछि पर्नु हुँदैन ।

सिर्जना अधिकारी, चितवन

 Image