Successfully Copied

चिकेन साँधेको

सामग्री कुखुराको मासु : आधा केजी पेस्ट : २ चम्चा अदुवा र लसुन : अलिकति टिम्मुर : ४–५ दाना पिसेको

सामग्री

कुखुराको मासु : आधा केजी

पेस्ट : २ चम्चा

अदुवा र लसुन : अलिकति

टिम्मुर : ४–५ दाना पिसेको

चिकेन मसला : आधा चम्चा  

प्याज : एउटा

हरियो खुर्सानी : ५–६ वटा

धनियाँ : सजाउन

नुन : स्वादअनुसार

बेसार : आधा चम्चा

विधि

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ ।

पाइने स्थान: सिद्धार्थ कटेज, धोबीघाट

तस्विर: नवराज वाग्ले

 Image