Successfully Copied

आँखीभौंको सौन्दर्य

आँखीभौं सौन्दर्य र व्यक्तित्वको परिचायक हो । नराम्रो एवं फैलिएको आँखीभौंले अनुहारको आकर्षणमा र्‍हास ल्याउँछ भने त्यसलाई सही आकार दिएर मिलाइएको छ भने अनुहारको आकर्षणमा वृद्धि हुन्छ ।

आँखीभौं सौन्दर्य र व्यक्तित्वको परिचायक हो । नराम्रो एवं फैलिएको आँखीभौंले अनुहारको आकर्षणमा र्‍हास ल्याउँछ भने त्यसलाई सही आकार दिएर मिलाइएको छ भने अनुहारको आकर्षणमा वृद्धि हुन्छ । त्यसैले आँखीभौंको आकारप्रकार मिलाउने कुरामा लापरबाही गर्नुहुँदैन ।

–आँखीभौं प्राकृतिक रूपमै सुन्दर र धनुषाकारको छ भने त्यत्तिकै छोड्न सकिन्छ । यस्तो आँखीभौंलाई कुनै प्रकारको सेप दिइरहनु पर्दैन ।

–आँखीभौंलाई उपयुक्त आकार दिन बेलाबेलामा दक्ष ब्युटिसियनसियनबाट थ्रेडिङ गराउन सकिन्छ ।

–बाक्लो बनाउन आँखीभौं वरिपरिको छालामा रक्तसञ्चार गराउनु आवश्यक छ । त्यसका लागि मनतातो जैतुनको तेलले १५ मिनेटसम्म मसाज गर्नुपर्छ । यो उपाय हप्ताको तीन दिन अवलम्वन गर्दा रक्तसञ्चार तीव्र भै आँखीभौं बाक्लो हुँदै आउँछ ।

–नियमित रूपमा बदाम वा जैतुनको तेल लगाएर मसाज गर्ने हो भने आँखीभौं कालो र बाक्लो देखिन्छ ।

–दुई थोपा बदाम रोगनमा दुई थोपा मह मिसाई नियमित लगाउँदा आँखीभौं चम्किलो देखिन्छ ।

–आँखीभौंलाई बाक्लो, कालो र चम्किलो बनाउन अण्डाको पहेंलो भाग लगाएर सुकेपछि मनतातो पानीले सफा गर्ने र बदामको तेल दल्ने । यो उपाय हप्तामा दुई दिन अवलम्वन गर्नुपर्छ ।

–आँखीभौं  पातलो र चमकहीन देखिन्छ भने मेहन्दीको पातको पेस्टलाई आँखीभौंमा लगाएर १० मिनेटपछि सफा गर्नुपर्छ । यो उपाय हप्ताको २ दिन ३ महिनासम्म अवलम्वन गरे आँखीभौं बाक्लो, कालो एवं चम्किलो देखिन्छ ।

–मेकअप गर्दा कुनै पनि किसिमको क्रिम, फाउन्डेसन वा लोसन आँखीभौंमा पर्ने गरी लगाउनुहुँदैन । केही गरी लागे सफा गरिहाल्नुपर्छ ।

–पातलो आँखीभौंलाई बाक्लो देखाउन कतिपयले आँखीभौं पेन्सिललाई आँखीभौंमाथि दलेको पाइन्छ । यद्यपि त्यसमा मिसिएको रसायनले ठूलो बिगार गर्छ । तसर्थ ब्रान्डेड आँखीभौं पेन्सिल नै प्रयोग गर्नुपर्छ । कमसल सामग्री प्रयोग गर्दा आँखीभौं पातलो हुनुका साथै फुल्न पनि सक्छ ।

–हिजोआज आँखीभौंलाई स्थायी रूपमा चाहेको आकार दिन सकिने सुविधा पनि उपलब्ध छ । थर्मोलाइसिस पद्धतिद्वारा आँखीभौंलाई सधैका लागि सुन्दर बनाउन सकिन्छ ।

 Image