Successfully Copied

वर्षा र बिरामी

हाइपथर्मिया : यो एउटा यस्तो समस्या हो जसमा वर्षा मौसम र वर्षापछि निस्कने चर्को घामका कारण अत्यन्त कमजोरीको अनुभूति अर्थात् हिट स्ट्रोक हुन्छ । बूढाबूढी एवं बालबालिकाहरूलाई

हाइपथर्मिया : यो एउटा यस्तो समस्या हो जसमा वर्षा मौसम र वर्षापछि निस्कने चर्को घामका कारण अत्यन्त कमजोरीको अनुभूति अर्थात् हिट स्ट्रोक हुन्छ । बूढाबूढी एवं बालबालिकाहरूलाई हाइपथर्मिया हुन सक्छ, कारण उनीहरूको शरीरमा गर्मीसित लड्ने क्षमता कम हुन्छ । त्यसबाहेक ह्दय रोग, मोटोपन, हाइब्लडप्रेसर तथा डिप्रेसन आदिको औषधि सेवन गर्ने बूढाबूढीको शरीरमा गर्मीका साथमा सन्तुलन कायम राख्ने क्षमता कम हुन्छ । कुनै प्रौढ व्यक्तिको शरीरमा पीडा भैरहेको छ वा हिट एग्जोर्सनको सुरुवाती लक्षण जस्तै धेरै पसिना आउनु, कमजोरी, थकान वा नोजिया अनुभव हुन्छ भने तुरुन्तै उपचार गराउनुपर्छ । स्वयंलाई गर्मीसित जोडिएका समस्याबाट टाढा राख्ने हो भने दिउँसो घाममा निस्कदा घामको तापमान बुुझ्नु आवश्यक छ । वातानुकूलित वातावरणमा रहनुपर्छ र दिनमा कम्तीमा पनि ८–१० गिलास पानी पिउनुपर्छ । कन्जेस्टिभ हार्ट फेल्योर, किड्नी अथवा लिभरसम्बन्धी रोग छ भने उचित मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ ।

खानपानसम्बन्धी बिरामी : फोहोर पानी प्रयोग गर्दा कलेरा, टाइफाइड, जन्डिस, डिसेन्ट्री, अमिबियोसिस, डायरिया आदि समस्या उत्पन्न हुन्छन् । बाहिर खाना खानेहरूलाई त्यस्तो खतरा बढी हुन्छ । तातो र नरम वातावरणमा ब्याक्टेरिया तीव्र रूपमा मौलाउँछन् र फुड पोइजनिङ हुन्छ । प्रौढ एवं बालबालिका तथा रोगप्रतिरोधक क्षमता कमजोर भएकाहरूमा फुड पोइजनिङको खतरा बढी हुन्छ । हाइपरटेसन, डायबिटिजजस्ता क्रनिक बिरामी छ भने सहज रूपमा फुड पोइजनिङ हुन्छ । डायरियाको संक्रमण भएको शरीरमा तरल तथा इलेक्ट्रोलाइट्सको कमीले प्रौढ व्यक्तिमा डिहाइड्रेसन, किड्नी, हार्ट तथा मांसपेशीसम्बन्धी समस्या हुनसक्छ । फुड पोइजनिङबाट जोगिन आफ्नो हातले खाना बनाउने ठाउँ, भाँडा आदि राम्रोसँग सफा गर्नुपर्छ । कुनै पनि वस्तु राम्रोसँग पखालेर खानुपर्छ । आइसक्रिम, दूध एवं दहीलाई उपयुक्त तापमानमा राख्नुपर्छ । दुई घन्टाभन्दा बढी समय फ्रिजबाहिर हुने खाना सुरक्षित हुँदैन ।

लामखुट्टेका कारण हुने बिरामी : पानी वा फोहोर जम्मा हुँदा लामखुट्टेले मौलाउने अनुकूल स्थान प्राप्त गर्छ । परिणामस्वरूप डेंगु, मलेरिया र अन्य बिरामीको सम्भावना बढ्छ । यसो हुन नदिन घरवरिपरि पानी जम्मा हुने स्थान पुर्नुपर्छ भने हल्का रंगका पहिरन लगाउनुपर्छ । शरीरमा कुनै सुगन्धित वस्तु भए लामखुट्टे आकर्षित हुन्छन् । लामखुट्टे हुने ठाउँबाट जोगिनुपर्छ । साँझतिर झ्यालढोका बन्द राख्नुपर्छ । राति सुत्दा झुल प्रयोग गर्नुपर्छ । वर्षामा नायग्लेरिया फोलेरीका कारण अमिविक मेनिगोइन्सेफ्लाइटिस हुन्छ । जुन आमरूपमा प्राणघातक साबित हुन्छ । यो बालबालिकामा बढी देखापर्छ ।

–पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पानी पूर्णरूपमा स्वच्छ हुनुपर्छ । सफा कागती पानी, नरिवल पानी तथा अन्य प्राकृतिक तरल पदार्थ स्वास्थ्यका लागि उत्तम मानिन्छन् ।

–बढी फाइबर भएको खाना खानुपर्छ । आफ्नो डाइट र पोषणमा पूरा ध्यान दिनुपर्छ ।

–नेचुरल फाइबरबाट बनेका हल्का तथा लुज कपडा लगाउनुपर्छ ।

–थकानबाट जोगिन नियमित व्यायाम गर्नुपर्छ ।

–सूर्यको किरण र फोहोर पानीबाट जोगिनुपर्छ ।

 Image