Successfully Copied

मेकअप वर्षा सिजनमा

वर्षामा फाउन्डेसनको प्रयोग सुरक्षित हुँदैन । –कम्प्याक्ट पाउडरका माध्यमबाट म्याट लुक सबैभन्दा राम्रो विकल्प हुन्छ । फाउन्डेसनको साटो फेस पाउडर प्रयोग गर्नुपर्छ ।

–वर्षामा फाउन्डेसनको प्रयोग सुरक्षित हुँदैन ।

–कम्प्याक्ट पाउडरका माध्यमबाट म्याट लुक सबैभन्दा राम्रो विकल्प हुन्छ । फाउन्डेसनको साटो फेस पाउडर प्रयोग गर्नुपर्छ ।

–कम्प्याक्टका साथमा हल्का मेकअप गर्नुपर्छ । यसबाट सम्पूर्ण फेसमा कभर प्राप्त हुन्छ र अनुहार तैलीय पनि देखिँदैन ।

–लाइलेक ब्लसम र प्रिसिसय पिंक कलरको पहिरनअनुसार सफ्ट पिंक र डिप रास्पबेरी लिपिस्टिक उपयुक्त हुन्छ ।

–गाजलको प्रयोगबाट आँखालाई सुन्दर बनाउन सकिन्छ ।

अफिस मेकअप

–कम्प्याक्ट पाउडर, आइलाइनर, गाजल र मस्कारा प्रयोग गरी हल्का मेकअप गर्नुपर्छ । ग्रेसफुल मेकअपका लागि फ्लेमिङ पिच लिपिस्टिक लगाउन सकिन्छ ।

पार्टी मेकअप

–मनसुन सिजनमा ब्लसरको हल्का प्रयोगबाट मुहारमा निखार ल्याउन सकिन्छ । भिजेको छ भने अनुहारलाई टिस्यु पेपरले सुकाउनुपर्छ । टिस्यु पेपरलाई अनुहारमा मल्नुको साटो गालामा बाहिरतर्फ ब्लेन्ड गर्नुपर्छ ।

–हल्का रंग प्रयोग गर्नुपर्छ । क्रिमको साटो पाउडर आइस्याडो प्रयोग गर्न सकिन्छ । यसले मुहारमा आइस्याडोलाई फैलनबाट रोक्छ ।

–वाटर रेसिस्टेन्स मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । यो वर्षामा पनि सुरक्षित रहन्छ ।

–मनसुनका बेला लिक्विड आइलाइनरको साटो पेन्सिल आइलाइनर प्रयोग गर्नुपर्छ ।

लिप एण्ड नेल कलर

पार्टी : पिंक स्टेटमेन्ट नेलपेन्ट तथा मेड अवाउट पिंक लिपिस्टिकका माध्यमबाट स्वयंलाई बोल्ड पिंक लुक दिन सकिन्छ ।

अफिस : कम्प्याक्ट पाउडर, आइलाइनर, गाजल र एटिट्युड मस्कारा प्रयोग गरी हल्का मेकअप गर्नुपर्छ । पछि ग्रेसफुल लुकका लागि फ्लेमिङ पिच लिपिस्टिक लगाउन सकिन्छ ।

दैनिक प्रयोग  : लाइलेक ब्लसम र प्रिसियस पिंक कलरको पहिरनका साथमा सफट पिंक र डिप रास्पबेरी लिपिस्टिक उपयुक्त हुन्छ । आफ्नो आँखालाई एटिट्युड गाजलले हाइलाइट गर्नुपर्छ ।

 Image