Successfully Copied

युमि स्कुललाई जापानी मोडलको उपहार

खोटाङ, दुर्छिम ५ छापडाँडास्थित युमि स्कुलका विद्यार्थीहरुलाई जापानी मोडल तथा सेलिब्रिटी एरिको कुरासिताले पुस्तक तथा अन्य उपहारहरु प्रदान गरेकी छिन् । जापानको ठूलो शहर मध्येको एक तोतोरीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको छ । यो स्कुल हेर्नकै लागी कुरासिता जापानबाट आईपुगेकी थिईन् ।

एरिकोले युमि स्कुलका विद्यार्थीहरुसँग आफ्नो अनुभब बाँडिन् । उनले जापानबाट बोकेर ल्याएको ‘तोतोरी प्रिफेक्चर’ पुस्तक र अन्य केही उपहारहरु प्रदान गरिन् । जापानका केही शहर, त्यहाँको संस्कृति र इतिहास झल्काउने तस्विर कथा समेटिएको पुस्तक उपहार पाउँदा धेरै विद्यार्थीहरु हौसिएका थिए । जापानी मोडल एरिकोले नेपाली गीतमा नाँच्न समेत भ्याइन् । युमि स्कुलका भाई बहिनीहरुबारे खिचिएको भिडियो उनले जापानका स्कुलमा पनि देखाउने छिन् ।

जापानमा बसोबास गर्दै आएका दिनेश रताला जोशी र शरदचन्द्र राईको संयुक्त पहलमा सञ्चालन गरिएको छापडाँडास्थित युमि स्कुल नमुना बन्दैछ । चर्चित फ्रेन्च लेखक तथा समाजसेवी म्याथ्यु रिकार्डले पनि यो स्कुलमा पाइला टेकिसके । युमि स्कुलले पढाईका अतिरिक्त विद्यार्थीहरुलाई मनोरन्जन र ज्ञान दिलाउने उद्देश्य टिभी हेर्न पाउने, इन्टरनेट चलाउन पाउने सुबिधा दिएको छ । टाढा–टाढाबाट हिंडेर आउने विद्यार्थीहरु स्कुल आउन अचेल हतारिन्छन् । स्कुलमा पहिलाको भन्दा सहभागिता बढेको सुनाउँछिन्, प्रिन्सिपल, मुनिया चौधरी । ‘पहिले राम्रो शिक्षाका लागी धरान, बिराटनगर, काठमाडौं जानेहरु अहिले यतै पढ्न थालेका छन् ।’ युमि ट्रस्टको नेपाल स्थित कार्यक्रम संयोजक सरस्वती राईले भनिन् ‘हाम्रा विद्यार्थीहरुले देश–विदेशका अन्य विद्यार्थीहरुसाग एक अर्काका भएको ज्ञान बाँडुन् भन्ने चाहन्छौं ।’

 Image