Successfully Copied

वर्षायाममा वर्षा

नेपाली चलचित्र क्षेत्रमा वर्षा नामका नायिकाहरूको बिगबिगी छ । वर्षा शिवाकोटी तिनै वर्षामध्ये एक चर्चित नायिका हुन्।

नेपाली चलचित्र क्षेत्रमा वर्षा नामका नायिकाहरूको बिगबिगी छ। वर्षा शिवाकोटी तिनै वर्षामध्ये एक चर्चित नायिका हुन्। नाइँ नभन्नू ल–२ मा अतिथि भूमिकामा देखा परेकी वर्षालाई त्यतिबेला धेरैले रुचाए। पशुपतिप्रसादमा बाेल्न नसक्ने युवतीको भूमिकामा देखा परेपछि उनी अझ चर्चित भइन् । चलचित्रका साथै म्युजिक भिडियोमार्फत दर्शकहरूको मन जित्न सफल वर्षासँग ८० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको अनुभव छ । वर्षा भविष्यमा पनि सेलेक्टेड म्युजिक भिडियोमा काम गर्न नछाड्ने अठोट व्यक्त गर्छिन् । आफूले अभिनय गरेकामध्ये नवीन के भट्टराईको साँझपख एकान्तमा, भरत सिटौलाको बैसमा, कमल खत्रीको जलें म, मिलन अमात्यको परदेशी सार्‍है चित्तबुझ्दो भिडियो भएको उनको राय छ । पेपर एड तथा टिभीसीहरूमा पनि उत्तिकै व्यस्त वर्षाले केही समय इभेन्ट म्यानेजमेन्ट कम्पनीमा पनि काम गरेकी थिइन् । भविष्यमा चलचित्र क्षेत्रमै सक्रिय रहने योजना बनाएकी वर्षाले पशुपतिप्रसादपछि सुब्बा सा’ ब तथा लप्पनछप्पनमा अभिनय गरिसकेकी छिन् । सानैदेखि माधुरी दीक्षितकी फ्यान वर्षा माधुरीको अभिनय एवं नृत्य क्षमताबाट प्रभावित छिन् ।

फेसन : म एकदमै फेसनेबल युवती हुँ । हरेक दिन बलिउड स्टारहरूका स्टाइल नियालिरहेकी हुन्छु । फेसनमा कुन ट्रेन्ड छ भन्ने अपडेट गरिरहन्छु । मलाई क्याजुअल वेयर सजिलो लाग्छ र आफू त्यसमै राम्री देखिन्छु जस्तो लाग्छ । 

फिटनेस : हरेक बिहान दगुर्छु । खानामा नियन्त्रण गर्नुका साथै नियमित रूपमा ग्रिन टी सेवन गरिरहेकी  छु । 

स्किन केयर : पहिले जुनसुकै कस्मेटिक्स प्रयोग गर्थें भने अहिले यो कुरामा निकै सचेत छु । म प्रशस्त पानी तथा फलफूल खान्छु भने क्लिन्जिङ, फेसियल तथा स्पा पनि नियमित रूपमा गराइरहेकी छु । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ 

मेकअप : जुनु चक्रधर, जुम व्युटीपार्लर, कुपण्डोल

पहिरन : पीजे कलेक्सन, सिभिल मल, सुन्धारा

लोकेशन : चोभार 

तस्बिर : महेश प्रधान 

-

 Image