Successfully Copied

साउन महिनाको राशिफल

मेष उत्साह बढ्नेछ । मित्रवर्गसित भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित वैचारिक मतभेद हुुनसक्छ । अपजस आइलाग्ने सम्भावना छ । कतिपय कुुरामा छोराछोरीसँग पनि विवाद सिर्जना हुनेछ । १५ गतेपछिको समय अनुुकूूल रहनेछ । महिनाको अन्त्यमा परिवारका सदस्यहरू सहयोग गर्न प्रयत्नशील

मेष

 उत्साह बढ्नेछ । मित्रवर्गसित भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित वैचारिक मतभेद हुुनसक्छ । अपजस आइलाग्ने सम्भावना छ । कतिपय कुुरामा छोराछोरीसँग पनि विवाद सिर्जना हुनेछ । १५ गतेपछिको समय अनुुकूूल रहनेछ । महिनाको अन्त्यमा परिवारका सदस्यहरू सहयोग गर्न प्रयत्नशील रहनेछन् । 

वृष

प्रसन्नता छाउनेछ । शरीर स्वस्थ रहनेछ । आर्थिक पक्ष सबल हुनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुुनसक्छ । पारिवारिक खुुसी बढ्नेछ । केही समयका लागि परिवारसँग कतै घुम्न जाने अवसर प्राप्त होला । नवविवाहितहरूले पनि घुुमफिरका साथै माइतीमा समय बिताउने अवसर पाउनेछन् । 

मिथुन

टाउको एवं आँखा दुुख्ने समस्या देखा पर्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । श्रीमान्बाट अपेक्षित सहयोग प्राप्त हुनेछ । छोराछोरीबाट पनि सुुख एवं सन्तोष मिल्नेछ । अनावश्यक खर्च हुुने तथा माल–सामान हराउने योग भएकाले सतर्क रहनुहोला । 

कर्कट

कामकाजमा व्यस्त हुनुपर्ला । कुुनै कामविशेषले यात्रा गर्नुुपर्नेछ । मौसम परिवर्तनका कारण स्वास्थ्यमा समस्या देखापर्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । पारिवारिक सुुख मिल्नेछ । छोराछोरीको खुुसीका निम्ति केही अतिरिक्त खर्च हुुनसक्छ । श्रीमान्बाट पनि इच्छा एवं आवश्यकता बुुझी कार्य गर्ने प्रयास हुनेछ । 

सिंह

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । कुुनै–कुुनै कार्यमा भने अपेक्षाअनुुरूप सफलता नमिल्नसक्छ । महिनाको पूूर्वाद्र्धमा दाम्पत्य जीवनमा खटपट परे पनि उत्तराद्र्धमा भने सम्बन्ध राम्रो रहनेछ । विशेष सामग्री किनमेल हुुनेछ । कहीँकतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । पारिवारिक सुुख मिल्नेछ । 

कन्या

समय अनुुकूूल छ । विभिन्न ठाउँ घुुम्ने अवसर प्राप्त हुनेछ । सबैले तपाईंको बोली एवं कार्यदक्षताको प्रशंसा गर्नेछन् । काममा विशेष सफलता मिल्नेछ । यात्रामा कठिनाइको सामना गर्नुपर्ला । किनमेल गर्दा पनि सजग रहनुुपर्ने समय छ । आफन्त तथा इष्टमित्र सबैबाट उचित मान–सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा सामान्य विवाद उत्पन्न हुनसक्छ । 

तुला

विशेष कार्यमा सफलता मिल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । घरमा कुुनै सामग्रीमा हेरफेर हुुनसक्छ । माइती पक्षसँग भेटघाट गर्ने मौका मिल्नेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव पाइनेछ । आकस्मिक उपहार प्राप्त हुने सम्भावना पनि छ । महिनाको पूूर्वाद्र्धमा अनपेक्षित विवादको योग छ । 

वृश्चिक    

आकस्मिक स्वास्थ्य समस्या देखा पर्नेछ । सबै कुुरा यथास्थितिमा चल्दै जानेछन् । ११ गतेपछि अनुुकूूल समय आउनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर मिल्नेछ । माइती पक्षसँग भेटघाट हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । अनपेक्षित विवादको योग भएकाले कसैसित कुुरा गर्दा आफ्नो अहंको प्रदर्शन नगर्नुुहोला । 

धनु    

धार्मिक कार्यमा मन जानेछ । कुुनै कुुराले मनमा एक प्रकारको डर उत्पन्न हुुनसक्छ । आर्थिक कारोबार गर्दा सजग रहनुुहोला । व्यावसायिक क्षेत्रमा बाधा उत्पन्न भए पनि आर्थिक पक्ष सबल रहनेछ । पारिवारिक, सन्तान, दाम्पत्य एवं मित्र सुुख प्राप्त हुुनेछ । आफ्नो जोडीको मुडलाई ख्याल गरे सम्भावित विवादबाट जोगिन सकिन्छ । 

मकर

यात्रा हुुने योग छ । स्वास्थ्य स्थिर रहनेछ । परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या देखापर्नसक्छ । महिनाको पूूर्वाद्र्धमा कुुनै कुुराले मन चञ्चल बनाउने छ भने कसैसँग भनाभन पनि हुुनसक्छ । उत्तराद्र्धपछि सबै कुुरा सामान्य हुनेछन् । मनमा भएको बोझ हट्नेछ । पारिवारिक सुुख मिल्नेछ । 

कुम्भ

स्वास्थ्यस्थिति राम्रो रहनुुका साथै शरीर पनि फुर्तिलो हुनेछ । आफ्नो इच्छानुुरूप काम गर्ने मौका मिल्नेछ । कसैले औंला ठड्याउने प्रयास गरे पनि त्यस्ता व्यक्ति असफल नै हुुनेछन् । सबै बोझ हटेर मन चङ्गा रहनेछ । वादविवाद हुुने योग भएकाले सतर्क रहनुुहोला । बोली एवं व्यवहारमा ध्यान पुुर्‍याउनुुपर्ने समय छ । 

मीन

अपेक्षाअनुुरूप सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । श्रीमान्बाट सहयोग पाइनेछ । छोराछोरीको कुुरालाई लिएर श्रीमान्सित वैचारिक मतभेद उत्पन्न होला । छोराछोरी नियन्त्रणबाहिर जानसक्छन् । इष्टमित्र एवं साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त होला । सामान्य स्वास्थ्य समस्या देखापर्नसक्छ । 

 Image