वर्षा स्वास्थ्य
वर्षामा दूषित, ढल मिसिएको तथा फोहोर पानीका कारण रोग लाग्छ । हिजोआज धेरैजसोले स्ट्रिट फुट सेवन गर्छन् जसले गर्दा पनि रोग लाग्छ । सडकमा बेच्न राखिने पानीपुरीमा दूषित एवं नउमालिएको पानी प्रयोग गरिन्छ । त्यसैगरी बाहिर काटेर खुल्ला राखिएका सलाद तथा फलफूल पनि राम्रोसँग पखालिएको हुँदैन । फलस्वरूप रोग लाग्ने सम्भावना वृद्धि हुन्छ ।
वर्षामा लाग्ने रोगहरू के–के हुन् ?
वर्षामा पानी तथा पानीबाट फैलने डायरिया, हैजा, टाइफाइड, भाइरल हेपाटाइटिस ए तथा ई (जन्डिस) लाग्छन् । पानीमा भिज्दा नाक बग्ने, घाँटी दुख्ने कारणले भाइरल फिभर पनि हुन्छ भने जारको पानीमा इ–कोली भन्ने कीटाणु हुनसक्छ जसले डायरिया तथा पिसाबको संक्रमण गराउँछ ।
वर्षामा बढी रोग लाग्नुको कारण के हो ?
वर्षामा दूषित, ढल मिसिएको तथा फोहोर पानीका कारण रोग लाग्छ । हिजोआज धेरैजसोले स्ट्रिट फुट सेवन गर्छन् जसले गर्दा पनि रोग लाग्छ । सडकमा बेच्न राखिने पानीपुरीमा दूषित एवं नउमालिएको पानी प्रयोग गरिन्छ । त्यसैगरी बाहिर काटेर खुल्ला राखिएका सलाद तथा फलफूल पनि राम्रोसँग पखालिएको हुँदैन । फलस्वरूप रोग लाग्ने सम्भावना वृद्धि हुन्छ । सरसफाइमा राम्रोसँग ध्यान नदिँदा पनि रोग लाग्छ ।
खानपान कस्तो हुनुपर्छ ?
राम्रोसँग पाकेको, सफा तथा स्वस्थ खानेकुरा खानुपर्छ । जारको पानी पनि उमालेर, फिल्टर गरेर मात्र सेवन गर्नुपर्छ । बाहिरको खानेकुराभन्दा घरमै बनाइएको खानेकुरा खानुपर्छ । सलाद तथा फलफूल सफा पानीले राम्रोसँग पखाल्नुपर्छ ।
रोगबाट जोगिन के गर्नुपर्छ ?
सरसफाइमा ध्यान दिनुपर्छ । खाना बनाउँदा होस् वा खाँदा राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । सफा एवं स्वस्थ खानेकुरा खानुपर्छ । बाहिर हिँडडुल गर्दा घरबाट पानी लिएर जानु उपयुक्त हुन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्