Successfully Copied

साउन मेहन्दीको मौसम हो

मेहन्दी लगाउने चलनमा परिवर्तन आएको छ । साउन महिनालाई त मेहन्दीकै मौसम भने पनि फरक पर्दैन ।

ओमप्रकाश शाह , न्यू मुम्बई ट्रेनिङ सेन्टर, बागबजार 

 

नेपाली बजारमा मेहन्दी लगाउने चलन कस्तो छ ? 

मेहन्दी लगाउने चलनमा परिवर्तन आएको छ । साउन महिनालाई त मेहन्दीकै मौसम भने पनि फरक पर्दैन । पहिले पारम्परिक हिसाबमा मेहन्दी लगाइन्थ्यो भने अहिले यसले फेसनको रूप लिएको छ । विवाहमा पनि यसलाई शृंगारका रूपमा लिइन्छ ।

साउन महिना तथा विवाहमा लगाइने मेहन्दीको डिजाइनमा के–कस्तो फरक हुन्छ ? 

विवाहमा महिलाहरू हातखुट्टा तथा पाखुरासम्मलाई प्राथमिकता दिन्छन् । यसको डिजाइनमा पनि विवाहको महत्व झल्काइन्छ तर साउनमा भने हत्केला र खुट्टामा बढी मेहन्दी लगाइन्छ । यसमा धेरैले प्राकृतिक डिजाइन मन पराउँछन्  । 

अहिले के–कस्तो शैली लोकप्रिय छ ? 

अहिले मेहन्दी लगाउने क्रमले निकै व्यापकता पाएको छ । यसलाई शुभको प्रतीक मानिन्छ । त्यसैले विभिन्न शुभ समयमा मेहन्दी लगाउने चलन बढेको हो । साउन महिनामा रुचिअनुसार रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी आदि कलात्मक शैलीको माग बढी हुन्छ । 

फेन्सी मेहन्दीमा के–कस्ता मेहन्दी उपलब्ध छन् ? 

अहिले मेहन्दी फेसनको पर्याय भएकाले अन्य विधामा झंै यसमा पनि निकै प्रयोग भैरहेको छ । विभिन्न मेहन्दी प्रतियोगिता तथा फेसन शोमा पनि यसको विविध शैली प्रयोग भएको छ । अहिले नेपाली बजारमा मेटालिक फेब्रिक वा गोल्डेन मेहन्दी पनि लगाइन्छ । 

मेहन्दीका सकारात्मक पक्ष के–के छन् ? 

मेहन्दी हात रंगाउन मात्र होइन औषधीय गुणका दृष्टिले पनि महत्वपूर्ण छ । यसलाई टाउको दुख्दा वा कतै घाउ हुँदा पनि प्रयोग गर्न सकिन्छ । 

 Image