Successfully Copied

गहनाको उपयुक्त छनोट

फेसन ट्रेन्डमा जति नै परिवर्तन आए पनि गहना लगाउने क्रेज कहिल्यै कम हुँदैन तर कतिपय अवस्थामा सही छनोटको जानकारी नहुँदा महँगा गहना पनि भनेजति सुन्दर एवं आकर्षक देखिँदैनन् । त्यसका लागि उमेर, अवसर र फेसकटअनुरूप सही गहना छनोट गर्न सक्नुपर्छ ।

फेसन ट्रेन्डमा जति नै परिवर्तन आए पनि गहना लगाउने क्रेज कहिल्यै कम हुँदैन तर कतिपय अवस्थामा सही छनोटको जानकारी नहुँदा महँगा गहना पनि भनेजति सुन्दर एवं आकर्षक देखिँदैनन् । त्यसका लागि उमेर, अवसर र फेसकटअनुरूप सही गहना छनोट गर्न सक्नुपर्छ ।

उमेरअनुसार  गहना

बीसको उमेरमा

यो उमेरमा कोमल, ट्रेन्डी एवं स्टाइलिस गहना लगाउनुपर्छ । यो उमेरमा हरेक प्रकारका  गहना लगाउन सकिन्छ । अत: फंकी, ग्ल्यामरस एवं स्टाइलिस गहनालाई आफ्नो स्टाइल मन्त्र बनाउनुपर्छ ।

तीसको उमेरमा

यो उमेरमा  गहना छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । आफ्नो र परिवारको प्रतिष्ठाको ख्याल राखी गहना छनोट गर्नुपर्छ । धेरै लाइट वा हेभी  गहना लगाउनुको साटो डिजाइनर गहना लगाउनुपर्छ ।

पचासको उमेरमा

यो उमेरमा पहिरनका साथै गहना पनि सिम्पल, तर ग्रेसफुल हुनुपर्छ । लामो चेनका साथमा पेन्डेन्ट र मुहारअनुरूप डिसेन्ट गहना नै उपयुुक्त मानिन्छ ।

फेस कटअनुसार ज्वेलरी सेलेक्सन

ओवल सेप : अण्डाकार मुहारमा हरेक प्रकारका गहना सुहाउँछन् । त्यसैले अण्डाकार मुहार हुनेहरूले कुनै पनि गहना लगाउन सकिन्छ ।

राउन्ड सेप : राउन्ड फेस अर्थात् गोलो मुहार भएकाहरूले ह्याङगिङ इयरिङ तथा लामो चेन वा नेकलेस लगाउनुपर्छ । यसबाट मुहार लामो देखिन्छ । राउन्ड फेस तथा मोटो शरीर भएकाहरूले टप्स वा धेरै सानो इयरिङ लगाउनु हुँदैन ।

लङ सेप : लङ फेस अर्थात् लामो मुहार भएकाले ह्याङ्गिङ लगाउनु हुँदैन । कारण यसबाट मुहार अझ लाम्चो देखिन्छ । हायङ्गिङ इयरिङको साटो टप्स लगाउनुपर्छ ।

स्कवेयर सेप : स्कवेयर फेस अर्थात् चौकर मुहार भएकाले चौडा वा गोलो खालको झुम्का लगाउनुहुँदैन । यसबाट मुहार अझ चौडा देखिन्छ । चौकर मुहार भएकाहरूका लागि लामो झुम्का खुल्छ ।

उचाइअनुसार  गहना

उचाइ कम छ भने

–कोलर लेन्थ वा लामो नेकपिस लगाउनुपर्छ । भी आकारको लेकलेस बढी सुट गर्छ ।

–मोटो वा हेभी करा, ब्रासलेट आदि लगाउनुको साटो हलुका खालको चुरा लगाउनुपर्छ ।

–अपवार्ड अर्थात् जसको डिजाइन माथितर्फ हुन्छ त्यस्तो इयरिङ छनोट गर्न सकिन्छ ।

एभरेज हाइट छ भने

–कुनै किसिमको नेकपिस लगाउन सकिन्छ ।

–मोटो ब्रासलेट वा करा उपयुक्त हुन्छ । त्यसैले पातलो चुराको साटो करा वा ब्रासलेट लगाउनुपर्छ ।

–कुनै पनि डिजाइनको इयरिङ लगाउन सकिन्छ ।

अग्लाहरूले

–कुनै पनि साइज वा लम्बाइको नेकलेस लगाउन सकिन्छ तर चोकर बढी सुहाउँछ । विशेष अवसरमा लामो लाइन्स भएको चोकर पनि लगाउन सकिन्छ ।

–मोटो ब्रासलेट, करा वा हातभरि चुरा लगाउनुपर्छ ।

–लामो अर्थात् ह्याङ्गिङ इयरिङ बढी सुट गर्छ ।

बडी सेपअनुसार गहना सेलेक्सन

–धेरै दुब्ला–पातलाहरूले भने हेभी खालका गहना लगाउनुहँुदैन ।

–मोटो शरीर भएकाहरूले भने साना खालका गहना लगाउनु हुँदैन ।

–मोटो शरीर भएकाहरूका लागि जडाउ गहना बढी सुहाउँछन् । घाँटी मोटो छ भने चोकर लगाउनुपर्छ । कारण यसबाट घाँटी अझ मोटो देखिन्छ ।

–घाँटी लामो छ भने झुम्का अनुहारमा खुल्छ ।

 Image