Successfully Copied

फेसन एरा हुँदै

नेपाली फेसनको नयाँ र ताजा अपडेटका साथ नेपाल फेसन हाउसले आगामी भदौ २४ गते थामी जातिको भेषभुषालाई मुख्य आकर्षण बनाई उनीहरूकै च्यारिटीका लागि फेसन एरा आयोजना गर्ने भएको छ । डिजाइन सिक्दै गरेका विद्यार्थीहरूका लागि प्लेटफर्म होस्

नेपाली फेसनको नयाँ र ताजा अपडेटका साथ नेपाल फेसन हाउसले आगामी भदौ २४ गते थामी जातिको भेषभुषालाई मुख्य आकर्षण बनाई उनीहरूकै च्यारिटीका लागि फेसन एरा आयोजना गर्ने भएको छ । डिजाइन सिक्दै गरेका विद्यार्थीहरूका लागि प्लेटफर्म होस् भन्ने अभिप्रायले फेसन शो आयोजना गरिएको नेपाल फेसन हाउसकी विभू न्यौपानेले बताइन् । अरोमा फेसनको सहयोगमा हुने फेसन एरामा २० जना फेसन डिजाइनरको डिजाइन प्रस्तुत गरिनेछ । थामी जातिको सांस्कृतिक नृत्य तथा उनीहरूको हितमा आयोजित हुने यस फेसन शोमा १० वटा सिक्वेन्स प्रस्तुत हुनेछन् । 

 Image