Successfully Copied

वर्षामा राखौं ख्याल

कस्तो हुनुपर्छ छालाको स्याहार ? यो मौसममा आद्र्रताका कारण बढी पसिना आउँछ । जसले धूलोका कणसँग मिक्स भएर छालामा इन्फेक्सन सिर्जना गर्छ । यस्तो समस्याबाट जोगिन नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि डिप–पोर क्लिन्जिङ प्रयोग गर्नुपर्छ ।

कस्तो हुनुपर्छ छालाको स्याहार ?

यो मौसममा आद्र्रताका कारण बढी पसिना आउँछ । जसले धूलोका कणसँग मिक्स भएर छालामा इन्फेक्सन सिर्जना गर्छ । यस्तो समस्याबाट जोगिन नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि डिप–पोर क्लिन्जिङ प्रयोग गर्नुपर्छ । मनसुनी हावामा ब्याक्टेरिया धेरै हुन्छ । त्यसैले डिप–पोर क्लिन्जरले छालाको भित्री भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । यो मौसममा बढी पसिना आउने भएकाले छालाको नरमपन कम हुन्छ । त्यसैले छाला डिहाइ्रेड नहोस् र त्यसको कोमलता पनि कायम रहोस् भनेर अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ । यो मौसममा छालालाई मोइस्चराइजर गर्न एलोबेरा जेल प्रयोग गर्नुपर्छ ।

तैलीय छालाका लागि : अनुहारको छालाको चिपचिप हटाउन दिनमा दुई–तीन पटक मन तातोपानीले फेसवास गर्नुपर्छ । गुलाबजलमा कागतीको रस मिसाएर क्लिन्जरका रूपमा प्रयोग गर्नुपर्छ । यसबाट तैलीय छाला स्वस्थ एवं कान्तिमय हुन्छ ।

मिश्रित छालाका लागि : छाला मिश्रित छ भने मुहारको सी जोन अर्थात् गालाको भाग राम्रोसँग मोइस्चराइजिङ गर्नुपर्छ । कारण त्यहाँको छाला प्राय: सुख्खा हुन्छ । यसैगरी निधार तथा चिउँडोमा उबटन एवं स्क्रब प्रयोग गर्नुपर्छ ।

केशको हेरचाह

वर्षाका कारण केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । कारण वर्षाको पानी प्रदूषणयुक्त हुन्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ । यो मौसममा प्रदूषणका कारण केशमा  मिनरल्स जम्मा हुन्छ र केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ । मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । केश धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ ।

 Image