Successfully Copied

१५ औं डाबर स्पेशल तीज महोत्सव - २०७३ हुँदै

महिला सिर्जनशील केन्द्रले यही साउन २७ गतेदेखि ३१ सम्मको पाँच दिने १५ औं डाबर स्पेशल तीज महोत्सव २०७३ आयोजना गर्ने भएको छ । बुधबार जारी एक पत्रकार सम्मेलनमार्फत महिलाहरुको विशेष पर्व तीजको अवसरमा डिएसीसी नेपाल प्रा.लि.को व्यवस्थापनमा महोत्सव आयोजना हुन लागेको जानकारी गराइएको

महिला सिर्जनशील केन्द्रले यही साउन २७ गतेदेखि ३१ सम्मको पाँच दिने १५ औं डाबर स्पेशल तीज महोत्सव २०७३ आयोजना गर्ने भएको छ । बुधबार जारी एक पत्रकार सम्मेलनमार्फत महिलाहरुको विशेष पर्व तीजको अवसरमा डिएसीसी नेपाल प्रा.लि.को व्यवस्थापनमा महोत्सव आयोजना हुन लागेको जानकारी गराइएको हो । विगत १५ वर्षदेखि महिला सिर्जनशील केन्द्रले तीज महोत्सव आयोजना गर्दै आएको छ ।

त्रिपुरेश्वस्थित युनाइटेड वल्र्ड ट्ेरड सेन्टमा डाबर स्पेशल हेयर आयलको मुख्य प्रायोजनमा हुन लागेको उक्त महोत्सव महिला स्वयं आत्मनिर्भर बन्न सकुन् भन्ने हेतुले प्लेटफर्मका रुपमा महोत्सव आयोजना गर्दै आएको छ । महिला उद्यमशीलतालाई बढावा दिन महोत्सव गर्न लागिएको महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । तीज महिलाहरुका लागि महान् चाड भएकाले उनीहरुलाई हौसला  प्रदान गर्दै उनीहरुको उद्यमशीलतालाई पनि अवसरको रुपमा प्रस्तुत गर्न यस्तो महोत्सवले प्रभावकारी भूमिका खेल्ने थापाको दावी छ ।

तीजका लागि अति आवश्यक सामग्रीसहित पूजाका सामग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहन्दी, होम अप्लाईन्सेस आदि गरी प्रदर्शनीमा ९० भन्दा बढी स्टल राखिने छ । महोत्सव सफल बनाउन नारी म्यागजिन तथा टिभिएसको प्रायोजन रहेको छ भने  स्पोर्टसका लागि सभा नेपाल साथै सुवीसु केवलनेट, इसीएस मिडिया, टाइम्स एफएमले साथ दिने भएका छन् ।

तस्विरहरु: नवराज वाग्ले

 Image