Successfully Copied

मेकअप बक्स तयार गर्दा

सनस्क्रिन : मौसम गर्मीको होस् वा जाडोको, आफ्नो कस्मेटिक बक्समा सनस्क्रिनलाई स्थान दिनुपर्छ । विशेषगरी घरबाट बाहिर निस्कनुभन्दा आधा घण्टा पहिले सनस्क्रिन लगाउनुपर्छ । आफ्नो छालाअनुसार वाटरबेस्ड सनस्क्रिन छनोट गर्नुपर्छ जुन एसपीएफ ३० वटा ३०+ सनस्क्रिन हुन्छ ।

सनस्क्रिन : मौसम गर्मीको होस् वा जाडोको, आफ्नो कस्मेटिक बक्समा सनस्क्रिनलाई स्थान दिनुपर्छ । विशेषगरी घरबाट बाहिर निस्कनुभन्दा आधा घण्टा पहिले सनस्क्रिन लगाउनुपर्छ । आफ्नो छालाअनुसार वाटरबेस्ड सनस्क्रिन छनोट गर्नुपर्छ जुन एसपीएफ ३० वटा ३०+ सनस्क्रिन हुन्छ । यसका लागि नेचर एसेन्सको सनबर्न एसपीएफ ३०/४०, लेक्टो टेन क्लियर, लक्मे फन्डामेन्टल्स अल्ट्रा मेट सनस्क्रनि, लोटस र अयूर हर्बल सनस्क्रिन आफ्नो छालाअनुसार खरिद गर्न सकिन्छ ।

मेकअप बेस : कस्मेटिक बक्सको अर्को मुख्य कुरा हुन्छ मेकअप बेस अर्थात् फाउन्डेसन । यसले मुहारको दाग–धब्बा लुकाउन मद्दत गर्छ । यसबाट छाला इवनटोन देखिन्छ । यसका लागि लेक्मे नाइन टू फाइभ, कलर एसेन्स मेकअप बेस, लोरियल रोल अन टू म्याच फाउन्डेसनको पनि प्रयोग गर्न सकिन्छ । फाउन्डेसनको थिक लेयरले मेकअप खराब गर्न सक्ने भएकाले फाउन्डेसनको लाइट इफेक्ट टच हुनुपर्छ ।

कम्पेक्ट : कम्पेक्टले छालाबाट अतिरिक्त ओयल कम गरी ईवन लुक प्रदान गर्छ । अत: कस्मेटिक बक्समा यसलाई समावेश गर्न भुल्नु हुँदैन । लेक्मे, लोटस हर्बल नेचुरल ब्लेन्ड, कलरवार कम्पेक्ट राम्रो विकल्प हो । कम्पेक्टलाई कहिल्यै ओवरडेप गर्नुहुँदैन । कारण ओवरडेपिङ कम्पेक्ट फेसनमा छैन ।

ब्लसर : मेकअप बक्स अर्को महत्त्वपूर्ण कुरा हो, ब्लसर । आजभोलि न्यूड मेकअप ट्रेन्डमा पाइन्छ, त्यसलाई विचार गर्दै पिच, पिंक प्लम, लाइट ब्रोन्ज ब्लसर प्रयोग गर्नुपर्छ । यसका साथै साइनी इफेक्ट ब्लसरको पनि प्रयोग गर्न सकिन्छ । पिच, पिंक ब्लसर कलर एसेन्स, मेबलिन ड्रिम मुज ब्लस, द बडी सेप चिक ब्लसर राम्रो विकल्प हो । गाढा रंगहरू जस्तै रेड, ब्राउन, मरुन ब्लसर चलनमा छैन ।

आइस्याडो : आँखालाई हाइलाइट गर्नका लागि आइस्याडो उपयोग गर्नुपर्छ । आजभोलि स्मोकी आई मेकअपको पनि प्रचलन बढ्दो छ । आँखालाई हाइलाइट गर्नका लागि सिल्वर र हल्का स्लेटी रंगको आइलाइनर प्रयोग गर्नुपर्छ । हेभी ग्लिटरबाट बच्नुपर्छ । आजभोलि फोरेस्ट ग्रिन, पिंक ब्रिज, पर्ल आइसेड्स खुबै चलनमा छ । एवोन ट्र कलुर, कलर एसेन्स, रेवलन राम्रो छ ।

मस्कारा र आइलाइनर : आजभोलि आई मेकअपमा लिक्विड र भोल्युम जेल प्रोडक्टले प्रशंसा प्राप्त गरेको पाइन्छ । मस्कारामा पनि विभिन्न कलर पाइन्छ । जसमा ट्रान्सपरेन्ट, ब्लु, कपर, सिल्भर, टर्किस धेरै प्रचलित छन् । विशेषगरी काजल र लाइनर लगाएपछि आइल्यासेजमा मस्काराको दुई–तीन कोट लगाएर तिनलाई कर्ल गर्नुपर्छ । एवोन, मेबिलिन, रेवलन राम्रो विकल्प हो । ड्राई मेकअप आउट अफ फेसनमा छ । ब्राउन आई पेन्सिलको प्रयोगबाट बच्नुपर्छ ।

लिपिस्टिक : आजभोलि लिपिस्टिकभन्दा बढी लिप ग्लस र लिप बामको चलन छ । विशेषगरी डे मेकअपमा लिप ग्लसको र रातिकोमा डार्क वा मिडियम लिपिस्टिक छनोट गर्न सकिन्छ । यसैले आफ्नो कस्मेटिक्स बक्समा लिपिस्टिकका साथमा लिप ग्लसलाई पनि महत्त्व दिएर राख्नुपर्छ । लिप ग्लसमा लोरियल, निबिया राम्रो ब्रान्ड हो । त्यसैगरी कलर एसेन्स, रेवलन, मेबिलिन पनि राम्रो विकल्प हो । न्युड सेड्स बढी चलनमा पाइन्छ । अत: यिनलाई आफ्नो मेकअप बक्समा समावेश गर्नुपर्छ ।

नेल पेन्ट : आर्टिफिसियल नेल र तिनमा नेल आर्ट पनि प्रचलनमा पाइन्छ । त्यसैले प्लेन नेलपोलिस लगाएर त्यसमा अर्को नेलपोलिसबाट डिजाइन बनाउनुपर्छ । चौकेर सेपको नङको शैली पनि फेसनमा छ । न्यूड र ब्राइट कलर दुवै कलर फेसनमा छ तर गाढा रंगबाट टाढा रहनुपर्छ । विशेषगरी डे टाइममा । धेरै लामो नङ पनि फेसनमा छैन । रेवलन, लेक्मे, मेबिलिन राम्रो ब्रान्ड हो ।

एन्टि–एजिङ क्रिम : लामो समयसम्म सुन्दरता कायम रहोस् भन्ने चाहनुहुन्छ भने मेकअप बक्समा एन्टी–एजिङ क्रिम राख्न भुल्नु हुँदैन । । लोरियल रिवाइटल लिफ्ट नाइट, गार्नियर रिङ्कल लिफ्ट, नेचर एसेन्स एज डिफाइन क्रिम र पोन्ड्स गोल्ड रेडियन्स राम्रो उत्पादनमध्ये पर्छन् ।

 

 Image