Successfully Copied

मोबाइलबाट स्वास्थ्य

अहिले सबै खालका मिडिया र सेवा मोबाइल फोनमै उपलब्ध हुन थालेका छन् । स्मार्ट फोनले कम्प्युटर र मोबाइल फोनलाई एउटै ठाउँ ल्याएपछि हातमै विश्व उपस्थित छ, जसका कारण मनोरञ्जन, शिक्षा, स्वास्थ्य, खरिदारीजस्ता सबैजसो गतिविधि मोबाइल फोनबाटै सम्पन्न हुन थालेका छन् ।

अहिले सबै खालका मिडिया र सेवा मोबाइल फोनमै उपलब्ध हुन थालेका छन् । स्मार्ट फोनले कम्प्युटर र मोबाइल फोनलाई एउटै ठाउँ ल्याएपछि हातमै विश्व उपस्थित छ, जसका कारण मनोरञ्जन, शिक्षा, स्वास्थ्य, खरिदारीजस्ता सबैजसो गतिविधि मोबाइल फोनबाटै सम्पन्न हुन थालेका छन् । विभिन्न सेवा र सुविधाका साथ तयार पारिएका मोबाइल एप्सले गर्दा भ्रमण, यात्रा, टिकट खरिद, मनोरञ्जन, व्यायाम, व्यापार सबै सहज भएका छन् । अहिले मोबाइल नै शिक्षक अनि साथी भएको छ । जसले ज्ञान पनि दिन्छ, समय काट्न मनोरञ्जन र साथीले जस्तै सल्लाह पनि । एप्सको विकाससँगै मोबाइलले अब कुराकानीका लागि कनेक्टिभिटी मात्र होइन स्वास्थ्य जाँचका साथै व्यायाम समेत गराउँछ । त्यसका लागि केही एप्स गुगल वा एप्पलको डाउनलोड स्टोरबाट आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्नेछ ।

स्लिप स्टाटस

यो एपको नामजस्तै यसले मानिसको सुत्ने लक्षण र प्रवृित्त मापन गर्छ । सुत्ने र उठ्ने समयको रेकर्ड राखेर यसले साता, महिना, तीन महिना वा वर्षको तथ्यांक देखाउँछ । यसले व्यक्तिको सुत्ने प्रवृित्तमा आएको परिवर्तन तथा त्यसले पार्न सक्ने असरका सम्बन्धमा अवगत गराउँछ ।

रनटेस्टिक प्रो

यो एपले दौडिएको, साइकल चलाएको वा मर्निङ वाकमा हिँडेको गतिविधि ट्रयाक गर्छ । यसले बिहान गरिएको जगिङको गति मापन गरेर स्वास्थ्य अवस्थाका सम्बन्धमा सचेत गराउँछ । दौडदा वा साइकल चलाउँदा गति र पार गरेको दूरीको अनुपात हिसाब गरेर यसले विभिन्न सुझाव पनि दिन्छ । यसले व्यायामका क्रममा मुटुको चालको समेत हिसाब राख्छ । यो एपमा उपयुक्त स्वास्थ्य सुझाव पनि समावेश छ ।

इस्टान्ट हार्ट रेट

यो एन्ड्रोइड एपले मुटुको धड्कन जाँच्छ । मुटुको चाल कम, सामान्य तथा बढी छ भन्ने कुरा पत्ता लगाएर त्यसको जानकारी दिन्छ । यसले मुटुको धड्कनमात्र जाँच्दैन त्यसका कारण हुनसक्ने खतराहरूका बारेमा पनि अवगत गराउँछ भने त्यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने सुझाव पनि दिन्छ ।

डाइट भ्यूअर

यो मोबाइल एपले खानेकुराबाट प्राप्त हुने शक्तिको हिसाब राख्छ । यसले दैनिक आवश्यक क्यालोरीको हिसाब राखेर आफूलाई धेरै खानबाट रोक्छ । यो मोटोपन भएकाहरूका लागि विशेष उपयोगी मानिन्छ । यसले कुन उमेरका लागि कति क्यालोरी र कस्तो डाइटको आवश्यकता पर्छ भन्ने सिफारिस गर्छ । यसले बिहान, दिउँसो र बेलुका कस्तो खाना खाने भन्ने सुझाव पनि दिन्छ ।

ह्वाइट नोइज

यो एप निद्रा नलाग्ने समस्या भएकाहरूका लागि उपयोगी छ । यो वास्तवमा आधुनिक लोरीजस्तै हो । यसले निद्रा लगाउने मात्र होइन आनन्द पनि महसुस गराउँछ । ह्वाइट नोइजमा ४१ विभिन्न खालका आवाज छन्, जसलाई सुनेपछि निद्रा आउँछ । यो एपको सहयोगले समुद्री किनारादेखि लिएर अनि वर्षाको मौसम चाहेको समयमा कोठामा ल्याएर निद्राको मज्जा लिन सकिन्छ ।

मोबाइलमै राखौं डाक्टर

बिरामी कुन समयमा भइन्छ थाहा हुँदैन । त्यसैले अस्पताल वा डाक्टरका बारेमा जानकारी भने लिइरहनुपर्छ । हाम्रो जस्तो देशमा डाक्टर र अस्पताल यति धेरै छन् कि को–को हुन्, उनीहरू आफूलाई लागेको रोगका विशेषज्ञ हुन्–होइनन् थाहा पाउन पनि कठिन हुन्छ । त्यसमा पनि डाक्टर यति धेरै अस्पताल र क्लिनिक चहारिरहेका हुन्छन् कि कतिबेला कुन डाक्टर कहाँ भेटिन्छन् भन्ने कुरा थाहा पाउन सकिँदैन । एन्ड्रोइडका लागि विकास गरिएको एउटा एप्स यस्तो छ जसले डाक्टरको नाम, थर अनि ठेगाना मात्र होइन सम्पर्क नम्बरका साथै उनीहरू कुन–कुन अस्पतालमा कतिबेला उपलब्ध हुन्छन् भन्ने कुराको जानकारी दिन्छ । यसमा अस्पताल र डाक्टरका बारेमा विस्तृत जानकारी समेटिएको छ । यो एपबाट क्रमबद्ध रूपमा डाक्टरको नाम तथा अस्पतालको नाम र सुविधा एवं विशेषज्ञताका बारेमा जानकारी लिन सकिन्छ । यो एप मोबाइलमा राख्न आफ्नो मोबाइलमा एन्ड्रोइड २ दशमलव २ भर्सन वा त्योभन्दा माथि हुनुपर्छ । यो एप नि:शुल्क उपलब्ध छ ।

 Image