Successfully Copied

वर्षामा बालबालिका

डा. दीपेश्वरा नेपाल, कान्ति बाल अस्पताल बालबालिकालाई वर्षामा कुन रोग बढी लाग्छ ? वर्षामा बालबालिकालाई विशेषगरी टाइफाइड, जन्डिस, झाडापखाला आदि रोगले बढी सताउँछन् । वर्षामा यस्ता रोग लाग्नुको मुख्य कारण ? वर्षामा टाइफाइड तथा जन्डिस हुनुका पछाडि दूषित खाना, दूषित पानी तथा भाइरसको

डा. दीपेश्वरा नेपाल, कान्ति बाल अस्पताल

बालबालिकालाई वर्षामा कुन रोग बढी लाग्छ ?

वर्षामा बालबालिकालाई विशेषगरी टाइफाइड, जन्डिस, झाडापखाला आदि रोगले बढी सताउँछन् ।

वर्षामा यस्ता रोग लाग्नुको मुख्य कारण ?

वर्षामा टाइफाइड तथा जन्डिस हुनुका पछाडि दूषित खाना, दूषित पानी तथा भाइरसको संक्रमण मुख्य कारण हुन्छ ।

टाइफाइड तथा जन्डिसले कुन उमेरका बालबालिकालाई बढी सताउँछन् ?

सामान्यतया पाँच वर्षभन्दा माथिका बालबालिकालाई टाइफाइडले बढी सताउँछ भने पाँच वर्षभन्दा कमका बालबालिकालाई जन्डिस हुनसक्ने सम्भावना बढी हुन्छ ।

यस्ता रोगीलाई कस्ता खानेकुरा ख्वाउनु उचित हुन्छ ?

पहिले–पहिले जन्डिस हुँदा मासु, बेसार तथा नुन खानु हुँदैन भन्ने चलन थियो जुन गलत हो । जन्डिस भएकाले यी सब खान हुन्छ । अण्डा पनि खान हुन्छ । चिल्ला खानेकुराहरू भने खानु हुँदैन । यसैगरी टाइफाइड आन्द्राको इन्फेक्सनका कारण हुने भएकाले नरम खानेकुरा खानुपर्छ । यस्ता बिरामीले धेरै बेर पकाइएको मासु पनि खान मिल्छ ।

यस्ता रोग लागेका बिरामीमा के–कस्ता लक्षण देखापर्छन् ?

जन्डिस भएका बिरामीको आँखा तथा पिसाब पहेंलो हुन्छ । यसैगरी १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउनसक्छ । वाकवाकी लाग्ने, पेट दुख्ने हुन्छ । यी सब साधारण जन्डिसका लक्षण हुन् । जन्डिसले जटिल रूप लिए बिरामी राति सुत्दैन, दिउँसो मात्र सुत्छ । बिरामी बेहोस भएर कराउँछ । बिरामीले मान्छे नचिन्ने, बिरामीको मुख तथा दिसाबाट रगत आउने हुन्छ । पेटमा पानी जमेर शरीर सुन्निन्छ । पिसाब कम लाग्छ । यसैगरी टाइफाइड हँुदा ज्वरो आउँछ । टाउको दुख्छ भने पेट दुख्ने तथा फुल्ने हुन्छ । कसैकसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुन्छ । जिब्रो सेतो हुन्छ ।

रोकथामका उपाय के होलान् ?

बालबालिकालाई सफासुग्घर राख्नुपर्छ । हात धोएर खाने बानीको विकास गराउनुपर्छ । पोषिलो, सफा तथा स्वास्थ्यवद्र्धक खानेकुरा मात्र ख्वाउनुपर्छ । फलफूल तातो पानीमा पखालेर मात्र ख्वाउनुपर्छ । नजिकको स्वास्थ्य संस्थामा गएर रोगविरुद्धका भ्याक्सिन लगाउनुपर्छ । समयमा उपचार नगराउँदा रोगले जटिल रूप लिएर बिरामीको मृत्युसम्म हुन्छ । त्यसैले रोग लाग्नेबित्तिकै उपचार गराउनुपर्छ ।

 

 Image