Successfully Copied

हेयर स्टाइल केयर

केश दुईमुखे हुन नदिन नियमित ट्रिमिङ गराउनुपर्छ ।

हेयर रिबोन्डिङ गराइएको छ भने महिनामा एकपटक हेयर स्पा गराउनुपर्छ । रिबोन्डिङका क्रममा हार्ड केमिकल ट्रिटमेन्टबाट गुज्रने भएकाले केश बढी झर्छ ।

  • होम केयर प्रोडक्ट्समा एब्सोल्युट रिपेयर स्याम्पु, हेयर मास्क तथा सिमर प्रयोग गर्नुपर्छ ।
  • रिबोन्डिङ गरेपछि लगभग ६ महिनासम्म केशमा कुनै अरु ट्रिटमेन्ट जस्तै कलरिङ र स्ट्रिकिङ नगर्नु नै उपयुक्त हुन्छ ।
  • कम्तीमा पनि १० दिनमा एकपटक ओयल मसाज गराउनुपर्छ ।
  • केशलाई स्टिम पनि दिनु आवश्यक छ । स्टिमर छैन भने हट टावल ट्रिटमेन्ट गर्नुपर्छ । यसबाट केशको क्युटिकल्स खुल्छ ।
  • आफ्नो डाइटको ख्याल राख्नुपर्छ । जंक फुडबाट टाढै रहनुपर्छ र दैनिक एउटा स्याउ खानुपर्छ ।
  • केशमा स्टाइलिङ ट्रिटमेन्ट प्रयोग गरेपछि, अमिनो एसिड भएको स्याम्पु नै आवश्यक हुन्छ । स्ट्रेट र ओयली केश दैनिक धुनुपर्ने हुन्छ । त्यसैले माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ । ड्राई केशका लागि ग्लिसरिन र कोलेजनयुक्त स्याम्पु आवश्यक हुन्छ, जसबाट केशको नरमपन कायम रहन्छ ।
  • हेयर रिबोन्डिङ गराएपछि कमसेकम तीन दिनसम्म हेयर क्लिप लगाउनु र केश भिजाउनु हुँदैन । नुहाउँदा सावर क्याप प्रयोग गर्नुपर्छ ।
  • रिबोन्डिङपछि केशमा स्याम्पु गर्नुपूर्व दही, एलोवेरा जेल वा अलिव ओयलमा अण्डा मिसाएर तयार पारिएको नेचुरल हेयर मास्क लगाउनुपर्छ ।
  • कर्ली र सुख्खा केशका लागि फिज मिनिमाइजिङ तथा सफ्टनिङ स्याम्पु प्रयोग गर्नुपर्छ ।

१० दिनमा एकपटक केशको डिप कन्डिसनिङ गर्नुपर्छ ।

  • केश दुईमुखे हुन नदिन नियमित ट्रिमिङ गराउनुपर्छ ।
  • हेवी प्रोटिनयुक्त कन्डिसनरको प्रयोगबाट जोगिनुपर्छ अन्यथा केश सुख्खा र कमजोर हुन्छ ।
  • वर्षाको पानीको घुलनशील लवण एवं प्रदूषित तत्त्वले केशलाई नराम्रोसँग ड्यामेज गर्न सक्छ ।
  • पर्मिङ गराउँदा केश फ्रिजी हुन्छ । यस्तो स्थितिमा फ्रिज कन्ट्रोल सिमर लगाउनुपर्छ । सिमर लगाउँदा त्यसको मात्रामा ध्यान पुर्‍याउनुपर्छ । यसप्रकारको केशलाई सातामा एकपटक डिप क्लिन्जिङ स्याम्पुले धुनुपर्छ ।
  • प्रशस्त भिटामिन सी, आइरन, जिन्क एवं ओमेगा थ्री फ्याटी एसिड्सलाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ ।
  • पर्मिङ गराएपछि केशमा ब्लो ड्रायर प्रयोग गर्नुहुँदैन । ड्रायर गर्नु नै छ भने, केशलाई केही सुकाउनुपर्छ, थोरै मात्र भिजेजस्तो हुनुपर्छ । यसो गर्दा केश दुईमुखे र सुख्खा हुन पाउँदैन ।
  • पर्म गरिएको केशमा स्याम्पुपछि डिटेङ्गलर्स प्रयोग गर्नुपर्छ । यसबाट केशलाई पोषण पनि प्राप्त हुन्छ ।
  • वेट लुक मनपर्छ भने पर्म गरिएको केशमा मुजको साटो ग्लेज वा जेल लगाउनुपर्छ । यसमा अल्कोहलको मात्रा कम हुन्छ ।
  • हरेक ४–६ सातामा हेयर कटिङ गरानुपर्छ ।
  • पर्म गराएपछि तुरुन्तै केश धुनु हुँदैन ।
  • केशको परमानेन्ट स्ट्रेटनिङ गराइएको छ भने बिर्सेर पनि पुन: कर्ली हेयर प्राप्त गर्ने प्रयास गर्नु हुँदैन अन्यथा केश नराम्रोसँग ड्यामेज हुन सक्छ । केशमा मोस्चराइजर कायम राख्ने प्रयास गर्नुपर्छ ।
  • केशको स्ट्रेटनिङ गरेको धेरै दिन भएको छैन भने स्याम्पुपछि आफ्नो केशलाई सफा पानीले राम्रोसँग धुनुपर्छ, कारण स्ट्रेटनिङको केही समयसम्म केशमा स्याम्पु रहन सक्छ ।
  • केश कोर्न मोटो दाँत भएको काइँयो प्रयोग गर्नुपर्छ ।

एक दिनको अन्तरालमा स्याम्पु गनुपर्ने आवश्यकता भए स्याम्पुको साटो लाइटवेट कन्डिसनर प्रयोग गर्नुपर्छ । चाँडो–चाँडो स्याम्पु गर्दा केश ड्राई हुन सक्छ ।

  • स्ट्रेटनिङ गरेपछि दैनिक कन्डिसनर प्रयोग गर्नुपर्छ । यसबाट केशलाई पोषण प्राप्त हुन्छ र केश चाँडै बेबी पनि हुँदैन ।
  • तेलले केशलाई मोइस्चराइज्ड गर्दैन । यसले केशको क्युटिकल लेयरलाई ड्यामेज हुन र मोस्चर लस हुनबाट जोगाउँछ । केशमा जोजोबा, ओलिभ वा कोकोनट ओयलको केही थोपा प्रयोग गर्न सकिन्छ । तेललाई केशको लम्बाइमा प्रयोग गर्नुपर्छ । यसले लिव इन कन्डिसनरको काम गर्छ ।
  • स्टाइल गरिएको केश सुकाउन ड्रायर प्रयोग गर्नुहुँदैन । हिटले केशलाई नोक्सान पुर्‍याउन सक्छ ।
  • छोटो केशलाई ड्रायरले सुकाइरहनु पर्दैन । छोटो केश चाँडै सुक्छ । मेकअप गरी तयार हुँदासम्म केश सुकिसक्छ । सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेन्ट अवश्य गर्नुपर्छ ।
  • कलर्ड केशमा कलर थेरापी स्याम्पु प्रयोग गर्नुपर्छ । यसले केशबाट मैलो हटाएर कलरलाई प्रोटेक्ट गर्छ ।
  • ओयली केशमा थोरै मात्रामा टेलकम पाउडर लगाएर काइँयोमा कपासका स–साना डल्ला फसाएर कोर्नुपर्छ, यसबाट केशमा चमक आउँछ ।
  • सम्पूर्ण केशमा स्टाइलिङ प्रोडक्ट लगाउनुको साटो मात्र लम्बाइमा त्यसको प्रयोग गर्नुपर्छ ।

     

 Image