Successfully Copied

साइबर वल्र्डमा बालबालिका

हरेक अवस्थामा मातापिता आफ्ना बालबालिकाका विषयमा चिन्ता मात्र गर्दैनन् त्यस्तो चिन्ता समयअनुसार परिवर्तन पनि भैरहन्छ । अघिल्लो पुस्ताका आमाबुबा बालबालिका अधिकांश समय खेलकुदमा बिताउँछन् भन्ने कुराले चिन्तित हुन्थे । त्यसपछि एक समय यस्तो आयो आमाबुबाहरू आफ्ना बालबालिकाले टिभी हेरेर धेरै समय

हरेक अवस्थामा मातापिता आफ्ना बालबालिकाका विषयमा चिन्ता मात्र गर्दैनन् त्यस्तो चिन्ता समयअनुसार परिवर्तन पनि भैरहन्छ । अघिल्लो पुस्ताका आमाबुबा बालबालिका अधिकांश समय खेलकुदमा बिताउँछन् भन्ने कुराले चिन्तित हुन्थे । त्यसपछि एक समय यस्तो आयो आमाबुबाहरू आफ्ना बालबालिकाले टिभी हेरेर धेरै समय बिताउँछन् भनेर चिन्तित हुन्थे । हिजोआज त्यस्तो समय आएको छ जहाँ बालबालिकाका सामु अनेकौं इलेक्ट्रोनिक ग्याजेट्स उपलब्ध छन् र उनीहरू त्यसको प्रयोग मजासँग गरिरहेका छन् । निस्सन्देह यसबाट बालबालिकाहरूको जानकारीको दायरा विस्तृत हुन पुगेको छ । यद्यपि यसको अर्को पक्ष पनि छ–कतिपयले यसको प्रयोग गलत ढंगले गरिरहेका छन् ।

बढ्दो साइबर खेल

समयसँगै बालबालिकाको चकचक गर्ने शैली पनि परिवर्तन हुन पुगेको छ जसलाई बेवास्ता गर्नु ठीक होइन । खेलकुदका बेला आफ्ना मित्रजनका साथमा गरिएको केही ख्यालठट्टा त सामान्य हो तर त्यसका लागि मोबाइल, इमेल र सोसल नेटवर्किङ साइट्सको दुरूपयोग बालबालिकाका लागि मात्र नभई सम्पूर्ण समाजका लागि पनि अत्यन्त खतरनाक छ । हालै माइक्रोसफ्ट कम्पनीले भारतलगायत २५ राष्ट्रमा बालबालिकाको अनलाइन विहेवियरका सम्बन्धमा अध्ययन गरेको थियो जसमा ८ देखि १७ वर्षसम्म उमेर समूहका लगभग ७ हजार बालबालिकालाई सहभागी थिए । उक्त सर्वेक्षणको परिणामले भारतीय अभिभावकहरूलाई चिन्तित बनाइदियो । सर्वेक्षण परिणामअनुसार सोसल नेटवर्किङ साइट्समा अरूलाई धम्की दिने, अभद्र कमेन्ट गर्ने, पोर्न साइट्स हेर्ने, मोबाइलमा अश्लील म्यासेज वा तस्बिर पठाउने तथा शिक्षक–शिक्षिकाको खिल्ली उडाउने कुरामा भारतीय बालबालिका पनि पछाडि देखिएनन् । यस्ता क्रियाकलापमा चाइनिज बालबालिका पहिलो नम्बरमा रहे भने सिंगापुरका बालबालिका दोस्रो स्थानमा । भारतीय बालबालिका उक्त सूचीको तेस्रो स्थानमा थिए ।

जिम्मेवार को र ?

यो समस्यामा गम्भीरतापूर्वक विचार गर्ने हो भने हामी पनि यसमा कहीँ कतै जिम्मेवार छौं भन्ने बोध हुनेछ । बालबालिकाले हामीबाट नै धेरै कुरा सिक्छन् । उक्त सर्वेक्षणमा २४ प्रतिशत बालबालिकाले यो पनि स्वीकार गरेका छन् कि सोसल नेटवर्किङ साइट्समा नराम्रा कमेन्ट र एसएमएसका माध्यमबाट साथीहरूलाई ननभेज जोक्स फरवार्ड गर्न उनीहरूले आफ्नै अभिभावकबाट सिकेका हुन् । बालबालिकाको बढ्दो इन्टरनेट एडिक्सनबाट सम्पूर्ण संसारका अभिभावक समस्याग्रस्त छन् । यसबाट उनीहरूको पढाइ, स्वास्थ्य एवं व्यवहारमा धेरै हदसम्म नकारात्मक प्रभाव परेको पाइन्छ । यस सम्बन्धमा दुईजना किशोरावस्थाका सन्तानकी एक आमा भन्छिन्, ‘मेरा दुवै सन्तान क्रमशस् नौ र दस कक्षामा पढ्छन् । एकपटक इन्टरनेट प्रयोगमा एक महिना पूर्णरूपले प्रतिबन्ध लगाएपछि मलाई थाहा भयो कि उनीहरू आफ्नो साथीको घरमा गएर नेट सर्फिङ गर्छन् । त्यसपछि मैले उनीहरूलाई घरमै नेट प्रयोग गर्ने एक घण्टा समय निर्धारित गरें । त्यसबाट उनीहरूको रुटिनमा सुधार आयो र उनीहरूले पढाइमा पनि ध्यान दिन थाले ।’ बढ्दो उमेरका बालबालिकामा अनेकौं प्रश्न हुन्छन्, उनीहरू ती सबै प्रश्नको जवाफ चाँडोभन्दा चाँडो चाहन्छन् । यस्तोमा जब हरेक प्रश्नको जवाफका लागि गुगलजस्तो अचुक अस्त्र आफ्नो साथमा रहन्छ तब ती प्रश्नको उत्तर थाहा पाउन केही समय र उमेरको प्रतीक्षा गर्ने धैर्यता रहँदैन । मनोवैज्ञानिकहरूका अनुसार आजको सूचनासित जोडिएको प्रविधिमा बालबालिकाको अनुभव र जानकारीको दायरा पनि धेरै विस्तृत भैसकेको छ, तर उनीहरू मानसिक रूपबाट परिपक्व नहुने भएकाले प्राप्त जानकारीलाई सही ढंगबाट व्यवस्थापन गर्न सक्षम हुँदैनन् ।

सामाजिक परिवर्तनको यो समय अभिभावकका लागि अत्यन्त कठिन छ । इन्टरनेट र मोबाइलजस्ता कुरा हाम्रा बालबालिकाको जीवनशैलीमा यसरी घुलमिल भैसकेका छन् कि तिनलाई यी कुराबाट टाढा राख्नु असम्भव छ तैपनि हामीले सुरुदेखि नै बालबालिकामा राम्रो संस्कारको विकास गराउनुपर्छ । यदि त्यस्तो हुनसक्यो भने बालबालिकाले इन्टरनेट र मोबाइल प्रयोग गरे भने पनि उनीहरूको व्यवहारमा शालीनता कायम रहन्छ । साइबर वल्र्डमा बालबालिकाको धमाकेदार इन्ट्री भैसकेको छ, अब उनीहरूलाई त्यहाँबाट फर्काउन सम्भव छैन । कठोर नियन्त्रणले उनीहरूको मनमा विद्रोहको भावना सिर्जना गर्न सक्छ । त्यसैले उनीहरूसित मित्रवत् व्यवहार गर्दै सही मार्गदर्शनबाटै यो समस्याको समाधान खोज्नुपर्छ ।

केही आवश्यक कुरा

आजभोलि अभिभावकहरूको दबाबका कारण बालबालिकाहरू सानै उमेरदेखि इलेक्ट्रोनिक ग्याजेट्सको माग गर्न थालेका छन् । त्यसैले आफ्ना बालबालिकासित सही व्यवहार गर्दै उनीहरूको साथीसंगतमा नजर राख्नुपर्छ र अनुशासित बालबालिकाहरूसँग मात्र मित्रता गाँस्न प्रेरित गर्नुपर्छ । आफ्नो परिवारमा अनुशासनको केही स्पष्ट नियम बनाउनुपर्छ र बालबालिकालाई जानकारी गराउनुपर्छ कि ती नियमलाई कुनै पनि हालतमा पालना गर्नुपर्छ । प्रायस् बालबालिका आफ्नो स्कुल वर्क प्रोजेक्टका लागि इन्टरनेट प्रयोग गर्न स्वीकृति माग्छन् । यदि त्यसो हो भने उनीहरूको कुरामा विश्वास गर्ने आधार हुनुपर्छ । यदि आवश्यक छ भने इन्टरनेट प्रयोग गर्न दिनुपर्छ तर आफू साथमा रहनुपर्छ । यसबाट उनीहरूले इन्टरनेटको दुरूपयोग गर्न पाउँदैनन् भने आफूले उनीहरूका कुरामा राखेको रुचि पनि थाहा पाउँछन् ।

कामकाजी हुनुहुन्छ र बच्चा घरमा एक्लै बस्छ भने कम्प्युटरलाई पासवर्डमार्फत लक गर्ने व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा आफ्नो अनुपस्थितिमा त्यसको गलत प्रयोग हुन पाउँदैन । आफ्ना बालबालिकालाई सोसल नेटवर्किङ साइट्सबाट टाढै राख्नुपर्छ । उमेर १८ वर्षभन्दा कम छ भने साइट्स संचालनमा आफ्नो निगरानी हुनुपर्छ । सोसल नेटवर्किङ साइट्समा अभिभावकले बालबालिकाको गतिविधि एवं उनीहरूका मित्रजनमा पूर्णरूपले नजर राख्नुपर्छ । बालबालिकालाई साइबर सुरक्षा र अपराधबाट पनि अवगत एवं सावधान गराउनुपर्छ ।

कुनै अपरिचित मानिससँग नेटमा मित्रता वा च्याटिङ गर्ने, व्यक्तिगत जानकारी ९घरको ठेगाना, फोन नम्बर, परिवारको आर्थिक स्थिति, तस्बिर आदि० सेयर गर्ने काम गर्न दिनुहुँदैन । सोसल नेटवर्किङ साइट्समा अपनाउन सकिने सुरक्षाका नियमका सम्बन्धमा अवगत गराउनुपर्छ । बालबालिकाले मोबाइल चलाउँछन् भने समय–समयमा सेटमा म्यासेज बक्स र कल डिटेल चेक गर्नुपर्छ । यसबाट उनीहरूको मनमा डर कायम रहन्छ र उनीहरूले मोबाइलको गलत प्रयोग गर्दैनन् । बालबालिकासित मित्रवत् व्यवहार गर्नुपर्छ अन्यथा उनीहरूले आफूसित सबै कुरा सेयर गर्दैनन् । बालबालिकाहरूको गल्तीमा प्रेमपूर्वक सही मार्गदर्शन गर्दै सही र गलतको जानकारी दिनुपर्छ । आत्मीयता र अनुशासनमा सन्तुलन कायम हुनुपर्छ । अवस्था हेरी उनीहरूको मार्गदर्शक एवं मित्र बन्न सक्नुपर्छ ।

 Image