Successfully Copied

मसरुम बेसिल सलाद

आधुनिक खानहरुको भिडमा धेरैलाई मनपर्ने परिकारमा पर्छ मसरुम बेसिल सलाद ।

खानाहरुको भिडमा धेरैलाई मनपर्ने परिकारमा पर्छ मसरुम बेसिल सलाद । यो परिकार आफ्नै घरमा तयार गरेर पनि खान सकिन्छ । यस्का लागि आफ्नो स्वाद अनुसार कस्तो सलाद खान इच्छा छ,  सोही अनुसार तयार गर्न निश्चित विधि अपनाउनु पर्छ ।

सामग्री:

मसरुम : २ सय ग्राम

ओलिभ आयल : २ चम्चा

भेनिगर : २ चम्चा

मरिच र नुन : स्वादअनुसार

 स–साना टमाटर : १ सय ग्राम

बेसिलको पात : २० ग्राम

विधि: 

  • ओलिभ आयल, भेनिगर, कालो मरिच तथा नुनलाई एक ठाउँमा मिसाउने ।
  • सबै आवश्यक सामग्री मिसाइएको मसरुमलाई  आधा घन्टा जति उसिन्ने ।
  • यसपछि, मिश्रणमा उसिनेर चिसो पारिएको मसरुमलाई मेरिनेट गरेर आधा घन्टा छोडिदिने ।
  • टमाटरलाई दुई–दुई टुक्रामा काटेर मसरुममा मिसाउने ।
  • त्यसैमा बेसिलको पात हाली चिसो भएपछि सर्व गर्ने ।

यसरी तयार गरेपछि मसरुम बेसिल सलाद खानका लागि तयार हुन्छ ।

 Image