Successfully Copied

वर्षामा राखौं ख्याल आफ्नो

कस्तो हुनुपर्छ स्कीन केयर ह्युमिडिटीका कारण यो मौसममा बढी पसिना आउँछ । जुन धुलोका काणका साथमा मिक्स भएर त्वचामा इन्फेक्सन सिर्जना गर्ने गर्दछ ।

कस्तो हुनुपर्छ स्कीन केयर

ह्युमिडिटीका कारण यो मौसममा बढी पसिना आउँछ । जुन धुलोका काणका साथमा मिक्स भएर त्वचामा इन्फेक्सन सिर्जना गर्ने गर्दछ । यस्तो समस्याबाट जुझ्नका लागि नियमित रूपबाट मुहारको कलिजिङ गर्नुपर्छ । यसका लागि डिप–पोर क्लिजङको प्रयोग गर्नुपर्छ । कारण यो दिनमा हावामा बेक्टेरिया धेरै हुने गर्दछ । यस्तोमा यो क्लीन्जर आफ्नो त्वचाको भित्री हिस्सासम्म गएर यसको राम्ररी सफाई गर्दछ । यो मौसममा बढी पसिना आउने कारण त्वचामा नभी कम हुने जाने गर्दछ । यसैले टेनिङ्का लागि अलकोहल फ्री टोनर प्रयोग गर्नुपर्छ, ताकि स्कीन डिहामइ्रेट नहोस्, र त्यसको कोमलता पनि काम रहोस् । यो मौसममा त्वचालाई मोइस्चराइजर गर्नका लागि एलोवेरा जेल प्रयोग गर्नुपर्छ ।

यो मौसममा वर्षात्पश्चात धेरै कडा घाम निस्कने गर्दछ । जसबाट वातावरणमा उपस्थित अल्ट्राभोइलेट किरणले  छालालाई हानी पुर्‍याउन सक्छ । यसबाट सनवर्न र टेनिङ बाहेक स्कीन क्यान्सरको आशंका रहन्छ । यसैले घाम होस वा नहोस्, बाहिर निस्कनुभन्दा पहिले आफ्नो मुहार र अन्य खुल्ला भागमा अधिक एसपीएफ पावर भएको मेटिफाइङ सनस्क्रीन लगाएर आफ्नो तत्चालाई युवीए र युवीवी किरणबाट जोगाउनुपर्छ । त्वचालाई कोमल र कान्तिमय बनाइराख्नका लागि स्कीन टाइप अनुरूप त्यसको प्रयोग गर्नुपर्छ । सुख्खा त्वचाका लागि सुख्खापनबाट बचाउन बढी मात्रामा पानी पिउनुपर्छ । यो मौसममा दही र महबाट बनेको फेस प्याकको प्रयोग पनि सुख्खा त्वचाका लागि लाभदायक सावित हुने गर्छ ।

तेलीय त्वचाका लागि : मुहारको त्वचाको चिपचिपपना हटाउनका लागि दिनमा दुई तीन पटक मनतातो पानीबाट फेसवाश गर्नुपर्छ । गुलाबजलमा कागती रस मिसाएर क्लीन्जरको रूपमा प्रयोग गर्नुपर्छ । यसबाट तेलीय त्वचा स्वस्थ र कान्तिमय बनिरहन्छ ।

मिश्रित त्वचाका लागि : यदि त्वचा मिश्रित छ भने मुहारको सी जोन अर्थात् गालाको भागको राम्ररी मोइश्चराइजिङ गर्नुपर्छ । कारण यहाँको त्वचा प्राय: सुख्खा हुने गर्छ । यसैगरी ललाट र विउडोमा उबटन र स्क्रब प्रयोग गर्नुपर्छ ।

रहौं हरदम फ्रेस

वर्षा रोकिने वित्तिकै यो मौसममा हयुमिडिटी बढ्ने गर्छ र पसिना अधिक आउनका कारण थकान महसुष हुने गर्दछ र त्वचाको फ्रेसनेस प्रभावित हुने गर्दछ । त्वचाको फ्रेसनेस कायम रख्नका लागि नुहाउने पानीमा रोज, लेमन पेटल्स वा कुनै अरोमेटिक ओयलको केही थोपा हाल्नुपर्छ । मुहारको प्राकृतिक सुन्दरता कायम राख्नका लागि यो हाल्नुपर्छ । मुहारको प्राकृतिक सुन्दरता कायम राख्नका लागि यो एनर्जेटिक फ्रेसनर घरमै तयार गर्न सकिन्छ । यसका लागि कागतीको बोक्रा र जस्मिन फूललाई मिनरल वाटरमा रातभरी भिजाएर छोडनुपर्छ । विहान यो पानीलाई छानेर स्प्रे बोतलमा भरेर फ्रिजमा राख्ने र केही घन्टाअन्तरालमा आफ्नो मुहार तथा घाँटीमा त्यो स्प्रे प्रयोग गर्नुपर्छ ।

केशको हेरचाह

यदि वर्षाका कारण कपाल भिजेमा तुरुन्तै माइल्ड खालको शेम्पुबाट ह्यान्डवास गर्नुपर्छ । कारण वर्षात्को पानी प्रदुषणयुक्त हुने गर्दछ । यो हेयर कलर प्रयोग गर्नुहुन्छ भने यसबाट यतिखेर कपालको रंग र कलर प्रयोग गर्नुहुन्छ भने यसबाट यतिखेर कपालको रंगर टेक्शचर दुवै प्रभावित हुन्छ । यो मौसममा प्रदुषणका कारण कपालमा कयन मिनरल्स जम्मा हुने गर्छ र कपाल कमजोर हुन पुग्दछ । पसिनाका कारण यो मौसममा केही व्यक्तिलाइृ शिरमा फंगल इन्फेसक्सन हुने गर्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्न जान्दछ । यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ शेम्पुबाट कपाल धुनुपर्छ । घरेलु उपायका रूपमा मेथीको दानामा नीमको पातलाई साथमा पिसेर यसमा प्याजको रस मिसाई आफ्नो कपालमा प्रयोग गरेर सेम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ ।

शिरको त्वचाको इन्फेक्सन र डेन्ड्रफबाट बच्नका लागि आफ्नो काइयो, रुमाल र तकिया अलग राख्नुपर्छ र यी कुराको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । कपाल धुँदा यी तीन कुरा पनि राम्रो एन्टीसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नु राम्रो हुन्छ । कपाललाई घाम र प्रदुषणबाट बचाउनका लागि बाहिर निस्कदा कपाल वा छाता प्रयोग गर्नुपर्छ ।

यो मौसममा वर्षात्का कारण प्राय: गरी खुट्टा भिज्ने गर्दछ । यस्तो समस्याबाट बच्नका लागि खुल्ला र आरामदायक फुटबेयर चयन गर्नुपर्छ । मोजा पहिरिनु अघि खुट्टा राम्ररी पुछेर सुख्खा गर्नुपर्छ । औलाको बीच बीचमा टयालकम पाउडर लगाउनुपर्छ । वर्षातका बेला खुट्टामा फंगल इन्फेक्सन बढछ । यसैले खुट्टाको सफाइमा ध्यान दिनुपर्छ । फेडिक्योर र क्युटिकल तथा नङ सफा गर्नुपर्छ ।

 Image