Successfully Copied

गर्जियस ब्युटि लुक

परफेकट एकीनटोनका लागि लाइट बेस लगाउनुपर्छ । आफ्नो ड्रेस सुहाउँदो लाइट शेडलाई आँखामा लगाउनुपर्छ र त्यसमाथि वेसलिनको हल्का टच दिनुपर्छ । लिप्पसमा लिपस्टिक प्रयोग गर्नुपर्छ र माथिबाट बेसलिन लगाएर ग्लसी लुक प्रदान गर्नुपर्छ ।

लाइट रेडियन्ट :

यो लुक सबै कुरा हल्का ग्लसी र रेडियन्ट देखिने गर्दछ । परफेकट एकीनटोनका लागि लाइट बेस लगाउनुपर्छ । आफ्नो ड्रेस सुहाउँदो लाइट शेडलाई आँखामा लगाउनुपर्छ र त्यसमाथि वेसलिनको हल्का टच दिनुपर्छ । लिप्पसमा लिपस्टिक प्रयोग गर्नुपर्छ र माथिबाट बेसलिन लगाएर ग्लसी लुक प्रदान गर्नुपर्छ । लाइनरको साटो मस्कराको डबल कोट लगाउनुपर्छ र चिकबोन्सलाई हाइलाइट गर्नका लागि राम्रारी ब्लेन्ड गर्नुपर्छ । कपाल स्ट्रेट गरेर खुल्ला छोड्न सकिन्छ । आफ्नो हेयरस्टाइलमा थोरै स्टाइल एड गर्नका लागि फ्रन्टबाट फ्रिन्ज निकालेर त्यसलाई हेयरचकबाट अस्थायी कलर दिनुपर्छ ।

कलर स्मोकी :

आफ्नो स्कीनलाई फ्ललोस लुक दिनका लागि टिन्टेड मोइश्चराइजर प्रयोग गर्नुपर्छ । यसो गर्नाले स्कीन मोइश्चराइजर र स्कीन इवन नजर आउने गर्छ । गालामा पीच शेडका ब्लशअन लगाउनुपर्छ साथै गालामा हाइलाइट पनि गर्नुपर्छ । फेशन र लेटस्ट मेकअप मन्त्रका अनुसार आफ्नो ड्रेस सुहाउँदो मेचिङ कलरलाई आँखामा एड गरी त्यसलाई ब्ल्याक वा ग्रे शेडको साथमा मर्ज गर्नुपर्छ । यसो गर्नाले आँखामा स्मोकी लुक आउने गर्छ । आइ मेकअप डार्क हुने गर्छ र यस्तोमा मुहारमा मेकअपलाई सन्तुलन बनाइराख्नका लागि लिप्समा लाइट शेड जस्तै बेबी पिंक वा लाइट पीच नै लगाउनुपर्छ । यी दिनमा मेसी लुक इन रहेको छ । कपालमा मेसी साइड लो बवन बनाउन सकिन्छ । मुहारमा मेकअप लुकको साटो नेचुरल लुक ल्याउनका लागि जुरोमा केही लट निकाल्नुपर्छ । यसो गर्नाले मुहारमा रियल लुक नजर आउने गर्दछ ।

ब्रन्ज क्रेज :

मुहारमा बीबी क्रिम लगाउनुपर्छ र ब्लशअनको साटो गालामा ब्राउजिङ गर्नुपर्छ । यसो गर्नाले मुहार पातलो देखा पर्दछ । ब्रोन्ज शेडको आइश्याडोका साथमा आइजलाई ब्रञ्ज टच दिनुपर्छ । आँखाको बाहिरु किनारामा ब्राउन शेडबाट कन्टुरिङ गरेपछि आँखामुनि काजल स्मम गरी लगाउनुपर्छ । आफ्नो लुकलाई सेन्सुयल र सकोनी लुक दिनका लागि लाइनर र मस्कारा लगाउनुपर्छ । ब्रान्जिङ शेडका लिप स्टिक लगाएर लिप्सलाई स्टनिङ लुक दिनुपर्छ । कपालमा सफ्ट कलर लगाउनुपर्छ । मुहारमा कपाल आउन दिनु हुँदैन । यसका लागि साइड पार्टीशन गरी क्लीप लगाउनुपर्छ ।

बिङ्गड आइलाइनर एण्ड बोल्ड लिप्स

रेट्रो युगका अभिनेत्रीका प्रभावलाई आफ्नो सौन्दर्यमा मिक्स गर्न चाहनुहुन्छ भने यो लुक तपाईका लागि परफेक्ट हुन्छ । आफ्नो आँखामा मेटिलिक ब्लु, ब्ल्याक, ग्रीन वा कपर शेडबाट विङग्ड आइलाइनर लगाउनुपर्छ र वाटरलाइनमा ब्ल्याक आइपेन्सिलको साटो ह्वाइट पेन्सिलको प्रयोग गर्नुपर्छ । विङ्ग्ड लाइनरको सबैभन्दा ठूलो राम्रो कुरा हो कि आफ्नो लुकलाई आफ्नो रोजाइअनुसार लाइट वा लाउड देखाउन सकिन्छ । फेसमा क्लीयर लुकका लागि मुज र रेज टिन्ट जगाउनका लागि ब्लशअन अवश्य लगाउनुपर्छ । बोल्ड लिप्सले तपाईलाई कन्फिडेन्ट अनुभूति प्रदान गर्ने गर्दछ । यस्तोमा तपाई रेड, कोरल र हट पिंक जस्ता फेशनेवल शेड्सको लिपिस्टिक चयन गर्न सकिन्छ । कपालमा फिशटेल वा रिवर्स फिस्टेल बनाउनुपर्छ । आफ्नो सौन्दर्यको चमक आफ्नो कपालमा जगाउनका लागि पर्ल स्वरोस्की वा नगजडित स्टड्सलाई आफ्नो चुल्ठोको बीचमा लगाउन सकिन्छ ।

सफ्ट लुक : सफट लुक हरेक अवररमा सुन्दर देखिने गर्दछ ।

यो लुकका लागि तपाई लाइट पिंक शेडको प्रयोग गर्न सक्नहुुन्छ । मुहारमा फ्ललेस इफेक्टका लागि सूफले प्रयोग गर्नुपर्छ र गालामा सुन्दरता छर्नका लागि पिंक ब्लशअन लगाउनुपर्छ । चार्मिङ अनुभूति आफ्नो आँखामा जगनउका लागि पिंक गर्नुपर्छ । यो ओवरअल लुकमा कन्ट्रास्ट जगाउनका लागि ब्लु लाइनर लगाउन सकिन्छ । आइश्यारोजमा मस्करा प्रयोग गरी कर्ल गर्नुपर्छ ।  लिप्समा पिंक शेडको लिपस्टिक वा ग्लस प्रयोग गरी यो सम्पूर्ण मेकअपमा सुगन्ध छर्नुपर्छ । आफ्नो यो लुकलाई हल्का ट्रेडिशनलचत दिनका लागि मेसी ब्रेड, फ्रेन्च ब्रेड वा डच ब्रेड बनाउन सकिन्छ । ब्रेडस बनाउनुपूर्व कपालमा कलरफूल रिवन वा एक्सटेन्सन लगाउनुपर्छ । स्टाइलिस र फेशनेवल ब्रेड्सका बीचमा यो कलरफुल स्ट्रेन्ड्स अत्यन्त सुन्दर देखिने गर्दछ ।

तस्विरहरु: महेश प्रधान

 Image