Successfully Copied

आत्मनिर्भरताको मार्गमा राज्यलक्ष्मी

जीवनमा अनेकौं आरोह–अवरोहको सामना गर्दै सामाजिक विभेद समेत पचाएर सफल महिला उद्यमी बन्न सफल व्यक्ति हुन्–राज्यलक्ष्मी शाक्य ।

जीवनमा अनेकौं आरोह–अवरोहको सामना गर्दै सामाजिक विभेद समेत पचाएर सफल महिला उद्यमी बन्न सफल व्यक्ति हुन्–राज्यलक्ष्मी शाक्य । चार वर्षयता सामाजिक सेवामा पनि अहोरात्र खट्दै आएकी शाक्यसँग धेरै क्षेत्रको अनुभव छ । जन्म र कर्मथलो दुवै ललितपुर भएकी शाक्यले आजको अवस्थामा आइपुग्न धेरै उतारचढावको सामना गरिन् । मनकामना ढाका कपडा उद्योग सञ्चालनसँगै उनी ढाका कपडाको खादा निर्माण एवं प्रचारमा सक्रिय छिन् । राज्यलक्ष्मीकै पहलमा नेपालमा हुने सरकारी कार्यक्रममा ढाकाको खादा मात्र प्रयोग हुन थालेको छ ।

विदेशी खादा विस्थापित गरी स्वदेशी उद्योगलाई बढावा दिने उनको अभियान निरन्तर उकालो चढ्दैछ । विभिन्न सामाजिक संस्थामा सक्रिय शाक्यसँग पत्रकारिताको समेत लामो अनुभव त छ नै, यसका अलवा उनी सञ्चारउद्यमी पनि हुन् । ‘स्वाभिमान नेपाल’ नामक मासिक पत्रिका उनले प्रकाशित गर्दै आइरहेकी छिन् । समग्रमा, उनी एक सफल उद्यमी तथा संचारकर्मी हुन भन्दा फरक पर्दैन् ।

 Image