Successfully Copied

रिमेलका नयाँ रेन्ज बजारमा

युकेको रिमेल ब्राण्डले नेपाली बजारमा करिब ३ दशक बिताइसकेको छ ।

रिमेल कलर कस्मेटिकको संसारमा परिचित नाम हो । नेपाली बजारमा यसको आफ्नै लोकप्रियता छ । नेपाली बजारमा यसका उपभोक्ताहरू सबै सन्तुष्ट मनिएका छन् । नेपालमा तीज नजिकिँदै राता कस्मेटिकहरूको माग हवात्त बढ्छ ।

त्यसो त रिमेलका बिभिन्न नयाँ रेन्ज बजारमा भित्रिएका छन् । सुपर जेल नेलपलिस , सुपर भोल्युम मस्करा केटेमस लिपस्टिक तथा भोल्युम फाउन्डेसन बजारमा आएका छन् । युकेको यो ब्राण्डले नेपाली बजारमा करिब ३ दशक बिताइसकेको छ ।

रिमेलको आफ्नै बजार छ । यसले त्यहीअनुसार बजारमा पनि विस्तार गरेको छ । यसलाई म्यासिवभन्दा पनि निरन्तर रूपमा एकै स्तरमा अघि बढाइएको यसका इम्पोटर अशोक अग्रवाल बताउँछन् । यसले नेपाली महिलाहरूमाझ लोकप्रियता पनि हासिल गरेको तथा यसको बजार पनि सन्तोषजनक रहेको उनी बताउँछन् ।

 Image