Successfully Copied

रोमान्टिक नायिकाको चाहना : मुना गौचन

मुनालाई बलिउडकी दीपिका पादुकोणको जस्तो बोल्ड अभिनय गरेर रोमान्टिक नायिकाको छवि निर्माण गर्ने चाहना छ ।

मोडलिङमा सक्रिय हुन थालेको दुई वर्षमै प्रोफेसनल मोडलका रूपमा आफूलाई स्थापित गर्न सफल पोखराकी मुना गौचन काठमाडौंमा हुर्किएकी हुन् । सानैदेखि मोडल बन्ने सपना सँगालेकी मुनाले एसएलसी प्रिन्सेसमा भाग लिएर वेस्ट वाकको उपाधि हात पारेकी थिइन् । ३ सय जना प्रतिस्पर्धीमध्येबाट शीर्ष ८ मा छानिएर हाउस अफ फेसनमा सहभागी हुन पाएको क्षणलाई जीवनकै अविस्मरणीय क्षण मान्ने मुना दुई दर्जनभन्दा बढी र्‍याम्पमा हिँडिसकेकी छिन् ।

फेसन विकदेखि बितेका दुई वर्षयता आयोजित उत्कृष्ट फेसन शोहरूमा उनको क्याटवाकको जादुले धेरैको मन जितिसकेको छ । सुजुकी, एनसेल, एनटीसी आदिका पेपर एडहरूमा देखिएकी मुना म्युजिक भिडियोमा भने चुँजी छिन् र आजसम्म जम्मा दुई वटा मात्र म्युजिक भिडियोमा काम गरेकी छिन् । भविष्यमा नायिकाका रूपमा नेपाली चलचित्रमा स्थापित हुने उनको चाहना छ । चपली हाइट–२ मा अतिथि भूमिकाका देखापर्ने मुनालाई बलिउडकी दीपिका पादुकोणको जस्तो बोल्ड अभिनय गरेर रोमान्टिक नायिकाको छवि निर्माण गर्ने चाहना छ । लिटिल एञ्जल स्कुलबाट प्लस टु पूरा गरेकी मुना बीडीएसको तयारी कक्षा लिँदैछिन् । भविष्यमा डेन्टिस्टका रूपमा काम गर्ने योजना भए पनि ग्ल्यामरको संसारबाट टाढा नहुने उनी बताउँछिन् । धैर्य नै सफलताको सूत्र हो भन्ने मुना पेन्टिङ, डान्स, गायन एवं बास्केटबलमा समेत राम्रो दख्खल राख्छिन् । 

मनपर्ने मोडल : जिजी हडिट तथा आस्था पोखरेल
मनपर्ने नायिका : सृष्टि श्रेष्ठ तथा प्रियंका कार्की
मनपर्ने नायक : दयाहाङ राई

पहिरन : क्याजुअल तर ठाउँ एवं अवसरअनुसार पहिरन रोज्छु । फेसन स्टाइलको हेक्का राखिरहन्छु । 

फिटनेसका लागि : जिम जान्छु । घरमै योग तथा अन्य व्यायाम गर्छु । डाइट चार्ट बनाएर सन्तुलित खाना  खान्छु ।

 

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

फेसन डिजाइनर : मञ्जु बञ्जारा, ड्रिमवेयर बुटिक, कुपन्डोल

मेकअप तथा हेयर स्टाइल : सानु गुरुङ

लोकेसन : हिमालयन होटल, कुपन्डोल

 Image