Successfully Copied

पौडीमा नेपालकी भविष्य : गौरिका

‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी थिइनँ । म धेरै सानो उमेरदेखि नै पौडी खेल्न थालेकी थिएँ तर यसले मलाई यहाँसम्म पुर्‍याउनेछ भन्ने विश्वास थिएन । फेरि मैले उमेरका बारेमा खासै सोचेकी पनि छैन ।

रियो ओलम्पिकको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । सय मिटर ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, जहाँ गौरिकाले ३१ औं स्थान प्राप्त गरे पनि उनी उमेरका कारणले सबैको ध्यान तान्न सफल भइन् । २ सय ६ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’ मा सबैभन्दा कम उमेरकी खेलाडी गौरिका भर्खर १३ वर्षकी भइन् तर उनको चर्चा विश्वभर फैलियो ।

फ्रान्सेली समाचार संस्था एएफपीसँगको कुराकानीमा उनले भनिन्– ‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी थिइनँ । म धेरै सानो उमेरदेखि नै पौडी खेल्न थालेकी थिएँ तर यसले मलाई यहाँसम्म पुर्‍याउनेछ भन्ने विश्वास थिएन । फेरि मैले उमेरका बारेमा खासै सोचेकी पनि छैन । अरू सबै खेलाडीजस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले म अरूभन्दा धेरै फरक छैन ।’  ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’ आदि प्रमुख संचारमाध्यमले समेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् । करिब ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा १ रजत र ३ कांस्य पदक जितेकी गौरिकाले नेपाली पौडीमा ३ वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

 Image